ह्वावेको गेमसेन्टर सार्वजनिक, विश्वभरका ह्वावे डिभाइस प्रयोगकर्ताहरूको लागि गेमिङ्ग हब

Technology Khabar २० श्रावण २०७७, मंगलवार

ह्वावेको गेमसेन्टर सार्वजनिक, विश्वभरका ह्वावे डिभाइस प्रयोगकर्ताहरूको लागि गेमिङ्ग हब

काठमाडौं ।

ह्वावेले आफ्नो आधिकारिक खेल सेवा तथा वितरण प्लेटफर्म ह्वावे गेमसेन्टर (Huawei GameCenter) ३३ देशहरू र विश्वव्यापी क्षेत्रहरुमा लन्च  गरेको छ।

ह्वावेले मोबाइल गेमिङ्ग समुदायहरूलाई उच्चगुणस्तरको सामग्री र रिवार्डमार्फत एकै स्थानमा ल्याउने गरि गेम सेन्टरलाई प्लेटफर्मको रूपमा डिजाइन गरेको छ।

एशिया प्रशान्त, यूरोप, ल्याटिन अमेरिका, मध्य पूर्व, अफ्रिका, र अन्य क्षेत्रहरूमा हुवावे प्रयोगकर्ताहरूले अब नयाँ गेमिंग अनुभव एपग्यालरी मार्फत ह्वावे गेमसेन्टर डाउनलोड गरि प्रयोग गरेर आनन्द लिन सक्दछन्।

यसका साथै, यो सेवा भविष्यमा ह्वावे स्मार्टफोनहरुमा प्रि इन्स्टल एपको रुपमा ह्वावे मोबाइल सर्भिसका साथ उपलब्ध हुनेछ । जसले गूगल प्ले गेमिङ्ग एपलाई गेमिङ्ग सामाग्रीको लागि प्रतिस्थापन गर्नेछ ।

ह्वावे गेमसेन्टर एक एकल खेल सेवा प्लेटफर्म हो जहाँ यूजरले नयाँ र लोकप्रिय खेलको प्रिअर्डर गर्ने जस्ता सुविधाहरू प्रदान गरेर प्रयोगकर्ताहरूका लागि नयाँ अनुभव प्रदान गर्दछ।

यसमा कन्टेन्ट सर्भिस र यूजर वेलफेयर जस्तो मूख्य दुई सेवाहरु प्रदान गर्दछ ।

साथै, प्रयोगकर्ताहरूले अनलाइनमा गेम खेलिरहेको समयमा अनलाइन गेम प्याकेजहरू र प्रस्तावहरूको फाइदा लिन सक्दछन् । त्यसमार्फत यूजरले आफ्नो प्रोफाइल बढाउन, थप छुट अनलक गर्न, र लाभहरूको मजा लिन सक्छन्।

गेमसेन्टर भनेको विशेष खेलका विश्वव्यापी गेमहरुको लागि प्लेटफर्म हो, जुन ह्वावेको प्लेटफर्ममा विशेष छन्। यसमा स्टारपि लेजन एआरएम, फार्म लेजेन्ड, बोर्न एज एपिक, सर्भाईवल रोड, एर्ल ल्याण्डलगायत समावेश छ ।

ह्वावे गेमसेन्टरको विश्वका प्रमुख गेमिंग कम्पनीहरूसँग साझेदारी छ, जस्तै लिलिथ गेम्स, आईजीजी, गेमलोफ्ट र फोर्शो गेम्स रहेका छन् । एजेन्सीका साथ

 

easy care

प्रकाशित: २० श्रावण २०७७, मंगलवार