कम्प्युटर माउसका सह-निर्माता विलियम ईंग्लिसको ९१ वर्ष उमेरमा निधन

Technology Khabar २० श्रावण २०७७, मंगलवार

कम्प्युटर माउसका सह-निर्माता विलियम ईंग्लिसको ९१ वर्ष उमेरमा निधन
Classic Tech

कम्प्युटर माउसका सहनिर्माता विलियम ईंग्लिसको ९१ वर्षको उमेरमा निधन भएको छ।

ईन्जिनियर र आविष्कारक विलियम ईंग्लिस १९२९ मा अमेरिकाको केन्टकीमा जन्मेका थिए र युएस नेवीमा भर्ना हुनुअघि युनिभर्सिटीमा इलेक्ट्रिकल इञ्जिनियरिगको अध्ययन गरे।

उनका साथी डग एन्जलबर्टले अगाडि राखेको आईडियोको प्रयोग गर्दै उनले पहिलो माउस १९६३ मा बनाएका थिए । जतिबेला यी जोडी प्रारम्भिक कम्प्युटिंगमा काम गरिरहेका थिए।

यो दुई दशकपछि मात्र सामान्य प्रयोगमा आउँछ, जब पर्सनल होम कम्प्युटर लोकप्रिय भयो।

ईंग्लिसको मृत्युलाई उनकी श्रीमतीले अमेरिकी मिडिया आउटलेटमा पुष्टि गरेकी थिईन् ।

बिल ईंग्लिस माउस प्रयोग गर्ने पहिलो व्यक्ति हुन् जब उनले स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटमा एन्जलबार्टको शोध परियोजनामा प्रोटोटाइप बनाएका थिए।

माउन बनाउने यो विचार एजेल्बर्टको थियो जसलाई उनले संक्षिप्त नोटहरू मात्र भनेर वर्णन गरे तर यसको सिर्जना रचना बिल ईंग्लिसले गरेका थिए ।

उनले तयार पारेको माउसको पहिलो संस्करण एक बटनको साथ एउटा काठको ब्लक हो र यसको मुनि, दुईवटा घुम्ने पाँग्राहरू ९० डिग्री एंगलमा चल्थे जसले ठाडो र छेउछाउको चाललाई रेकर्ड गर्न सक्छ।

एक प्रयोगमा यस जोडीले प्रयोगकर्ताहरूलाई माउसलाई औंल्याउन को लागी अन्य पोइन्टिग उपकरणहरू जस्तै कि लाइट पेन वा जोइस्टिकको लागी सोधेका थिए र त्यसमा माउस स्पष्ट मनपर्ने पत्ता लागेको थियो। उनीहरूले यसबारेमा अनुसन्धान पत्र नै लेखे जुन धेरै वर्षसम्म बेवास्ता गरियो। बीबीसीबाट

प्रकाशित: २० श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...