नासाका दुई अन्तरिक्ष यात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलबाट पृथ्वीमा अवतरण

Technology Khabar २० श्रावण २०७७, मंगलवार

नासाका दुई अन्तरिक्ष यात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलबाट पृथ्वीमा अवतरण
Classic Tech

दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्केका छन्। यो पृथ्वीमा फर्कने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको पहिलो व्यावसायिक चालक दल हो।

स्पेसएक्स ड्र्यागन क्याप्सूलले डग हर्ले र बब बेनकेनलाई लिएर अन्तरिक्षबाट मेक्सिकोको खाडीमा उतारेको थियो। दुबैलाई रिकभरी पानीजहाजबाट समुन्द्रबाट निकालिएको थियो।

यो ४५ वर्षपछि भएको छ जब नासाका अन्तरिक्ष यात्री समुद्रमा उत्रिएका हुन्। यसअघि अपोलो कमाण्ड मोड्युल समुद्रमा अवतरण गरेको थियो।

क्याप्सूल ड्र्यागनको छेउमा पुग्ने डुंगाहरुलाई दूरीमा राख्न भनिएको थियो । यस्तो आदेश क्याप्सूलमा खतरनाक रसायनको उपस्थितिलाई ध्यानमा राखी दिइएको थियो।

घर पुगेपछि हर्ले यो मिसनको हिस्सा हुन पाउनु आफ्नोलागि सम्मान र गौरव विषय भएको बताए ।

यस मिशनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सीको लागि नयाँ युगको सुरुवात जस्तै हो।

यस मिशनको सफलताले आउने समयमा स्पेसएक्स जस्ता निजी कम्पनीहरूबाट पनि मानिसहरुलाई अन्तरिक्षमा पठाउन सहयोग लिन सकिने संभावना बढाएको छ।

सरकारी एजेन्सीले यदि त्यस्ता सेवा प्रदायकहरूसँग सम्झौता गरिन्छ भने यसले सरकारको अरबौं डलर बचाउने बताएको छ।

स्पेसएक्सको ड्र्यागन क्याप्सुललाई मेको अन्तमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रक्षेपण गरिएको थियो। यो फाल्कन ९ रकेटको सहयोगमा प्रक्षेपण गरिएको थियो।

यस अभियानको सफलताको साथ पृथ्वीबाट अन्तरिक्ष र अन्तरिक्षदेखि पृथ्वीमा सफल परिचालनको गर्न सकिने पुष्टि भएको छ । साथै, अन्तरिक्ष ‘ट्याक्सी सेवा’ कम्पनीका मालिक एलन मस्कले यसलाई नासालाई बेच्न पनि सक्नेछन्।

यो अभियान सफल भएसँगै कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकको रुपमा मानिसहरु लैजाने योजनामा नयाँ कदम चालेको छ । एजेन्सीका साथ

प्रकाशित: २० श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...