गेमिङ्ग एपमध्ये पबजी मोबाइलको आम्दानी दोस्रो त्रैमासमा सबैभन्दा धेरै

Technology Khabar १९ श्रावण २०७७, सोमबार

गेमिङ्ग एपमध्ये पबजी मोबाइलको आम्दानी दोस्रो त्रैमासमा सबैभन्दा धेरै

काठमाडौं ।

विश्वव्यापी महामारीका कारण लकडाउनको अवस्थाले अनलाइन मोबाइल गेमिङ्ग जस्ता उद्योगहरूलाई २०२० को पहिलो त्रैमासमा वृद्धि गर्न मद्दत पुर्‍याएको थियो।

अब यो पछिल्लो क्वाटरमा मोबाइल गेमिङ्गका लागि फाईदा भएको छ ।

सेन्सर टावरको रिपोर्टअनुसार दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा १०.३ प्रतिशतले वृद्धि भएको छ।

यसमध्ये सबैभन्दा धेरै फाईदा पबजी गेमलाई भएको छ र विश्वभर सबैभन्दा अगाडि रहेको छ।

रिपोर्टकाअनुसार गेमिंग एपमा खेलाडीहरुले गर्ने खर्चमा वृद्धि भएको छ । यसअनुसार कम्पनीको आम्दानीमा अघिल्लो त्रैमासको तुलनामा ६.७ प्रतिशत वृद्धि भएको छ।

जून १७.५ मिलियन डलर खर्च गरेका छन् जून वार्षिक आधारमा हेर्दा १६ प्रतिशतको वृद्धि हो । यसका साथै पबजीले रेकर्ड आम्दानी गरेको छ । पबजीले सन् २०२० को दोस्रो क्वाटरमा ६२१ मिलियन डलर कमाएको छ।

तर यो आम्दानी अघिल्लो त्रैमासको तुलनामा कम हो । सन् २०२० को पहिलो क्वाटरमा ६७४ मिलियन डलर कमाएको थियो। एजेन्सी

easy care

प्रकाशित: १९ श्रावण २०७७, सोमबार

ताजा समाचार