माइक्रोसफ्टले भन्यो- टिकटकको अमेरिकी संचालन खरिद गर्न कुराकानी गर्दैछौं

Technology Khabar १९ श्रावण २०७७, सोमबार

माइक्रोसफ्टले भन्यो- टिकटकको अमेरिकी संचालन खरिद गर्न कुराकानी गर्दैछौं

काठमाडौं ।

माइक्रोसफ्ट कर्पोरेशनले चिनियाँ स्वामित्वमा रहेको छोटो भिडियो शेयरिङ्ग एप टिकटकको अमेरिकी संचालन खरिद गर्ने सम्बन्धी वार्ता अगाडि बढाउने बताएको छ।

यो सम्भावित ब्लकबस्टर डिलले सोशल मिडिया इन्डस्ट्रीलाई नै पुनः आकार दिन सक्ने र अमेरिका चीन सम्बन्ध बिग्रन सक्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको योजनाबद्धरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि र दुबै कम्पनीहरुलाई ४५ दिनको अवधिमा सम्झौता गर्न समयदिएपछि अमेरिकी टेक जायन्ट कम्पनीले आइतबार औपचारिकरूपमा आफ्नो रूचि घोषणा गरेको हो।

टिकटोकका केही अंशहरूको प्रस्तावित अधिग्रहणले १०० मिलियन अमेरिकी प्रयोगकर्ताहरूलाई उत्साहित गर्ने बताईएको छ।

माइक्रोसफ्टलाई फेसबुक इंक र स्न्याप इंक जस्ता सोशल मिडिया कम्पनीहरुको प्रमुख प्रतिस्पर्धी बन्ने दुर्लभ अवसर प्रदान गर्नेछ।

पेशेवर सोशल मिडिया नेटवर्क लिंक्डइनको स्वामित्व लिएको कम्पनी माइक्रोसफ्टले टिकटकको क्यानाडाली, अष्ट्रेलिया र न्यूजील्याण्डको व्यवसाय समेत लिन खोज्दै छ। एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ श्रावण २०७७, सोमबार

ताजा समाचार