ओपोद्वारा एन्ट्रि लेभलको समार्टफोन ए१२ सार्वजनिक

Technology Khabar १८ श्रावण २०७७, आईतवार

ओपोद्वारा एन्ट्रि लेभलको समार्टफोन ए१२ सार्वजनिक

काठमाडौं ।

वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१२ सार्वजनिक गरेको छ।

लामो समय टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३ जीबी र्याम प्लस ३२ जीबी रोम र ४जीबी र्याम प्लस ६४जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो।

ओपो ए१२मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर, अक्टा-कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथै यसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पका रुपमा स्थापित गर्छ।

पर्याप्त स्टोरेज, उत्कृष्ट परफरमेन्स/उत्कृष्ट अनुभव, रमाइलो अनुभव

नेपाली बजारमा ओपो ए१२को, ३जीबी र्याम प्लस ३२ जीबी रोम र ४जीबी र्याम प्लस ६४जीबी रोम गरी दूई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि उपलब्ध गरिएको छ।

यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ता बिना आफ्नो दैनिकीमा फोनको सहज प्रयोग गर्न सक्छन् । यसमा रहेको ४२३०एमएएच क्षमताको ब्याट्रीले १७ घण्टा सम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ ।

फोनमा उपलब्ध गरिएको अक्टा-कोर प्रोसेसर, मिडियाटेक हेलियो पी३५ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग-फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओपो ए१२मा रहेको कलरओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाई प्रदान गर्नेछ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोड पनि उपलब्ध गरिएको छ।

ओपो ए१२मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालितरुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ ।

हात र आँखा सुहाउँदो आकर्षक डिजाइन

ओपो ए१२मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्छ ।

ओपो ए१२मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोण अनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछिल्तिर फिंगरप्रिण्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचरपनि उपलब्ध गरिएको छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको बजन जम्मा १६५ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग गर्न सकिन्छ ।

जीवनको सुन्दरता कैद गर्न एआई सञ्चारित फोटोग्राफी तथा भिडियो टूल्स

ओपो ए१२मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामरा १३एमपी प्रमुख प्लस २एमपी डेप्थ क्यामरा जडान गरिएको छ । फोनमा रहेको १३एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६एक्स डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसन तथा गुणस्तर सहित प्राकृतिक दृष्य खिच्न सघाउँछ।

त्यसैगरी, २एमपी डेप्थ क्यामराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ । ओपो ए१२मा पोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागि दूई विशेष मोड्सको ब्यवस्थापनि गरिएका छन् । तस्विरलाई अझ आकर्षक बनाउन फोनमा पोट्रेट स्टाइल्स र ड्याजल कलरमोडको ब्यवस्थापनि गरिएको छ।

स्वविवेकको प्रयोग मार्फत प्रयोगकर्ताका सेल्फी आकर्षक बनाउने क्षमता सहितको ओपोद्वारा स्वबिकसित एआई ब्यूटिफिकेसनले फोनको ५एमपी फ्रण्ट क्यामेरालाई शक्ति प्रदान गर्छ । एआई ब्यूटिफिकेसनले स्वचालित रुपमा छालाको गुणस्तर, उमेर लिंग, स्किन टोन लगायतको पहिचान गर्दै प्रयोगकर्ताका विशेषताका आधारमा सटिक ब्यूटिफिकेसनका समाधान उपलब्ध गराउने क्षमता राख्छ।

छोटा भिडियो मनपराउनेहरुका लागि ओपो ए१२मा सोलुप स्मार्ट भिडियो एडिटरपनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ।

भरपर्दो गुणस्तर र सेवा

उच्च मानकका आधारमा निर्मित तथा विकसित ओपोका उत्पादनहरु उच्च गुणस्तरिय हुने गर्छन् । यी उत्पादनहरुमा कम्पनीले १ लाख-भोल्यूम बटन टेस्ट, २ लाख-पावर बटन टेस्ट, २८ हजार-१० सीएम ड्रप टेस्ट परिक्षण गरिएका हुन्छन् ।

सार्वजनिक नयाँ उत्पादनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘आफ्ना उपभोक्ता माझ नयाँ नयाँ प्रविधि पस्कन ओपो हरदम प्रतिबद्ध छ । ओपो ए१२ मार्फत थप उपभोक्ता माझ मेनस्ट्रिम प्रविधिको फूल प्याकेज पस्कँदै तिनलाई अझ सहज र बौद्धिक तथा स्मार्ट जीवन तिर अग्रसर गराउनु हाम्रो उद्देश्य हो ।’

बजार उपलब्धता

ओपो ए१२को ३जीबी र्याम प्लस ३२ जीबी रोम भ्यारियण्टको मूल्य रु. १८,५९० निर्धारण गरिएको छ र ४ जीबी र्याम प्लस ६४जीबी रोम भ्यारियण्टको मूल्य रु. २०,७९० निर्धारण गरिएको छ।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७७, आईतवार

ताजा समाचार