Technology Khabar १८ श्रावण २०७७, आईतवार
एप्पल विश्वको सबभन्दा मूल्यवान सार्वजनिक बजार कारोबार हुने कम्पनी भएको छ । एप्पलले बजार कारोबारको आधारमा साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामको पछाडि पारेको छ ।
शुक्रबारको बन्द भएको कारोबारको आधारमा एप्पलको १.८४ ट्रिलियन डलरको बजार मूल्यांकन भएको छ भने साउदी अरामको बजार मूल्य १.७६ ट्रिलियन डलर छ।
एप्पलको स्टक मार्चको अन्त्यदेखि धेरै हदसम्म स्थिर वृद्धिदरमा छ, शुक्रबार कम्पनीको रेकर्ड ब्रेकिंग तेस्रो क्वार्टर कमाईको रिपोर्ट आएपछि शुक्रबार १० प्रतिशत भन्दा बढीमा कारोबार बन्द भयो सो दिन कम्पनीको शेयर मूल्य ४२५.०४ डलरमा कारोबार सम्पन्न भएको थियो ।
एप्पलको तेस्रो त्रैमासमा कुल आम्दानी ५९.७ अर्ब डलर पुर्याएको छ, जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढेको छ।
एप्पलको म्याक र आईप्याडको बिक्री ससक्त रहेको छ र मानिसहरु घरमा कोभिड १९ ले गर्दा लकडाउनमा भएको बेला कम्पनीले उपकरणहरूको लागि बढ्दो माग रहेको बताएको छ । एजेन्सी
प्रकाशित: १८ श्रावण २०७७, आईतवार