पेगाट्रन, सामसङसहित विभिन्न कम्पनीहरुले भारतमा मोबाइल र यसको पार्ट्स निर्माण गर्ने

Technology Khabar १८ श्रावण २०७७, आईतवार

पेगाट्रन, सामसङसहित विभिन्न कम्पनीहरुले भारतमा मोबाइल र यसको पार्ट्स निर्माण गर्ने

पेगाट्रन, सामसङ, लाभा र डिक्सन जस्ता इलेक्ट्रोनिक उत्पादन कम्पनीहरूले भारतमा मोबाइल उपकरणहरू र त्यसका कम्पोनेन्टहरू निर्माण गर्न प्रस्ताव गरेका छन्।

भारतीय केन्द्र सरकारको उत्पादन लिंक्ड प्रोत्साहन योजना (पीएलआई योजना) अन्तर्गत यी कम्पनीहरूले आगामी ५ बर्षमा ११.५ लाख करोड भारु बराबरको सामाग्रीहरु उत्पादन गर्ने छन्।

भारतीय आईटि मन्त्री रविशंकर प्रसादले कम्पनीहरुले गर्ने लगानीको बारेमा जानकारी दिएका थिए ।

सो लगानीसँगै भारतमा इलेक्ट्रोनिक्स निर्माणलाई बढावा दिने बताईएको छ। कुल २२ कम्पनीले पीएलआई योजना अन्तर्गत आवेदन दिएका छन् । जसमा सामसङ, फक्सकन होन हाई, राइजिंग स्टार, विस्ट्रोन र पेगाट्रन जस्ता ब्रान्डहरू समावेश छन्।

रविशंकर प्रसादले शनिबार भनेका थिए, ‘अन्तर्राष्ट्रिय मोबाइल फोन निर्माण कम्पनीहरूले १५,००० भारु वा त्यस माथिका खण्डमा उत्पादनका लागि आवेदन दिएका छन्।’

यी मध्ये तीन कम्पनी फक्सकन, विस्ट्रोन र पेगाट्रन एप्पलको आईफोनकोका लागि अनुबंध निर्माता कम्पनी हुन्।

एप्पलको ३७ प्रतिशत र सामसु २२ प्रतिशतको संयोजनका साथ हेर्ने हो भने यी दुई कम्पनीहरूले विश्वव्यापी मोबाइल फोनको बिक्री राजस्वबाट करिब ६० प्रतिशत लिने गरेका छन्।

पीएलआई योजनापछि यी कम्पनीहरूको निर्माण आधार सीमाहरू बढ्ने आशा गरिएको छ।

यी कम्पनीहरूले भारतमा उत्पादन शुरु गरेपछि १२ लाख नयाँ रोजगारीको अवसर सिर्जना हुने बताईएको छ। यसमध्ये ३ लाख प्रत्यक्ष रोजगार र ९ लाख अप्रत्यक्ष रोजगारी हुनेछन्। एजेन्सीका साथ

प्रकाशित: १८ श्रावण २०७७, आईतवार

Leave a Reply

Loading...