अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

Technology Khabar १७ श्रावण २०७७, शनिबार

अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

काठमाडौं ।

अमेजन डट इंकले स्याटेलाइटहरूको नेटवर्क निर्माण गर्न १० अर्ब डलर भन्दा बढी लगानी गर्ने बताएको छ ।

सो लगानीमा कम्पनीले ३ हजार २३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । जसले विश्वव्यापीरूपमा तिब्रगतिको इन्टरनेटको पहुँच अभाव भएका मानिसहरूका लागि उच्चगतिको ब्रोडब्याड इन्टरनेट सेवा प्रदान गर्नेछ ।

घोषणाले अमेरिकी संघीय संचार आयोग (फेडरल कम्युनिकेशन्स कमिसन)ले योजनालाई अनुमोदन गरेसँगै कम्पनीले सो घोषणा गरेको हो ।

सो परियोजनालाई ‘प्रोजेक्ट कुइपरू’ नाम दिईएको छ जसले लो-अर्थ अर्बिट स्याटेलाइटहरु राख्नेछ।

अमेजनको यस परियोजनाले एलन मस्कको स्पेसएक्सद्वारा निर्माण भइरहेको स्टारलिंक नेटवर्कको साथ प्रतिस्पर्धा गर्दछ।

यसले अमेजनको २६ वर्षको ईतिहासमा नै सबैभन्दा ठूलो नाफा दिने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२६ भित्र आधा र बाँकी स्याटेलाइटहरु सन् २०२९ भित्र अन्तरिक्षमा राखिसक्नुपर्ने एफसीसीले निर्देशन दिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १७ श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार