डिशहोमद्वारा सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण

Technology Khabar १६ श्रावण २०७७, शुक्रबार

डिशहोमद्वारा सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण
Classic Tech
Nepal Telecom

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ३ जम्बुमा पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरुलाई उपलब्ध गराईएको छ।

सामाजिक उत्तरदायित्व लाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।

एसईई तयारी कक्षा देखि लकडाउनको समयमा बिद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षामार्फत प्रशारण गरिरहेको छ ।

नेपालको एक मात्र डि टि एच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य संगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडी बढाइरहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार

Loading...