सामाजिक सञ्जालमा अश्लील फोटो तथा सामग्री पठाएको आरोपमा एक पक्राउ

Technology Khabar १६ श्रावण २०७७, शुक्रबार

सामाजिक सञ्जालमा अश्लील फोटो तथा सामग्री पठाएको आरोपमा एक पक्राउ
Classic Tech

सामाजिक सञ्जालमा अश्लील फोटो तथा सामग्री पठाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले तनहुँ भानु नगरपालिका वडा नम्बर ८ घर भएका र हाल काठमाडौं बालाजू बस्ने ३८ वर्षीय सविनराज मिश्रलाई पक्राउ गरेको हो।

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया एक नाबालिकाको फोटो प्रयोग गरी फेसबुकमा फेक आईडी बनाई सोहिमार्फत अश्लील फोटो तथा सन्देश बनाएर बालिकाको दिदी र आफन्तहरुलाई पठाउने गरेको प्रहरीले जनाएको छ । प्राप्त निवेदन तथा सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा मिश्रको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

काठमाडौंमा पक्राउ परेका मिश्र विरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश गरी सात दिनको म्याद लिएर थपअनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । उनी यसअघि पनि २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा नै काठमाडौं जिल्ला अदालतबाट एक लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरीको भनाई छ।

यसका साथै प्रहरीको साइबर ब्यूरोले अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न भन्दै सो बारेमा सबैलाई सचेत गराएको छ ।

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...