नेटफ्लिक्सको एन्ड्रोइड एपको डाउनलोड १ अर्ब भन्दा बढी

Technology Khabar १६ श्रावण २०७७, शुक्रबार

नेटफ्लिक्सको एन्ड्रोइड एपको डाउनलोड १ अर्ब भन्दा बढी

अनलाइन स्ट्रिमिङ्ग सर्भिस नेटफ्लिक्स एक प्रभावशाली स्तरमा पुगेको छ । कम्पनीको आफ्नो एन्ड्रोइड एपको डाउनलोड गूगल प्लेमा १ अर्ब भन्दा बढी नाघेको छ ।

यस डाउनलोड संख्यामा कम्पनीको एप प्री-इन्स्टल भएको संख्यासमेत जोडिएको छ तर त्यसले त्यति धेरै प्रभाव पार्दैन जति डाउनलोड भएको संख्याले त्यसलाई उछिनेको छ।

यदि अन्य एपहरुसँग तुलना गर्ने हो भने नेटफ्लिक्सको संख्या निकै धेरै हो ।

यदि अन्य एपहरुसँग तुलना गर्ने हो भने नेटफ्लिक्सको संख्या निकै धेरै हो ।अन्य स्ट्रिमिग प्लेटफर्महरूसँग तिब्र तुलना गर्ने हो भने अमेजन प्राइम १० करोडदेखि ५० करोडको बिचमा छ भने हुलु ५ देखि १० करोडको बिचमा डाउनलोड छ । त्यस्तै एचबिओ गो ५० लाख भन्दा बढि डाउनलोड रहेको छ ।

अर्को उदाउँदो तारा जसले नेटफ्लिक्सलाई चुनौती दिन सक्ने देखिएको छ त्यो भनेको डिज्नीप्लस हो जोसँग हाल १ करोड हाराहारी डाउनलोड छ तर यो सिमित बजारमा उपलब्ध छ र तुलनात्मक रूपमा नयाँ सेवा प्रदायक हो । यो आउँदो नोभेम्बरमा आफ्नो पहिलो वर्ष पुरा गर्नेछ ।

नेटफ्लिक्सले कोभिड १९ को कारण आफ्नो नेटवर्क तनाव कम गर्न ब्याण्डथितलाई कम गर्दै एसडिमा सिमित गरेको थियो भने ब्यान्डविथ प्रतिबन्धहरू दुई महिनापछि हटाइयो । एजेन्सीका साथ

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...