व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय बीच सम्झौता, नयाँ प्रविधिको विकास तथा सुधार गर्ने

Technology Khabar १५ श्रावण २०७७, बिहीबार

व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय बीच सम्झौता, नयाँ प्रविधिको विकास तथा सुधार गर्ने
Global IME Bank

काठमाडौं ।

राष्ट्रिय व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास वोर्ड बीच मिति काठमाडौंमा सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा पहलका अध्यक्ष कुश कुमार जोशी र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास वोर्डका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशी बीच सहकार्य गर्न हस्ताक्षर भयो ।

सम्झौता पत्रको मुख्य उद्देश्य भनेकै पहलले उद्यमीहरू र MBUSTDB बीचको साझेदारीलाई सहयोग पुर्याउनु रहेको छ ।

सम्झौताले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी नयाँ प्रविधिको विकास तथा सुधार उद्यमहरुको क्षमता विकाश, नव प्रवद्र्धन, आवश्यक अनुसन्धान र शैक्षिक कार्यक्रमको सञ्चालन, नयाँ उद्यमहरुलाई प्रोत्साहन, इन्क्युबेशन सेन्टरको स्थापना एवं संयुक्त परियोजना सञ्चालनमा जोड दिएको छ।

सम्झौतापत्र अन्तर्गत सहयोगका लागि महत्वपूर्ण विषयवस्तुहरूः नेपालमा तुलनात्नक लाभ विकास गर्न सक्षम उत्पादन पहिचान गरि नयाँ प्रविधिको विकास तथा सुधार गर्ने, नयाँ प्रविधि विकास गर्न वा विशिष्ट उत्पादनहरूको सम्बन्धमा अवस्थित प्रविधि सुधार गर्न उद्यमहरू र MBUSTDB बीच साझेदारी गर्न सहयोग पुर्याउने, आर्थिक विकास प्रबर्धनका लागि व्यापक अनुसन्धन क्षेत्रहरू तथा शैक्षिक कार्यक्रमहरू पहिचान गर्ने, नवीनताका लागि अनुकूल वातावरण सिर्जना गर्न नीतिगत सुधार ल्याउने रहेका छन् ।

त्यसैगरि कार्यान्वयन गर्न वित्तीय क्रियाकलापहरूको लागि स्रोतहरूको परिचालन र समन्वयको लागि MBUSTDB मा इन्क्युबेशन सेन्टर स्थापना गर्ने र एउटा उद्यम कोष तथा एन्जल फन्डको स्थापना गर्ने रहेको छ ।

यसबाट पहलका सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायीहरूले सहयोग गर्न उत्साहित हुने अपेक्षा लिईएको छ ।

Sajilo Visa

प्रकाशित: १५ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया