“अब देशमै छ रोजगारी” अभियान शुरु

Technology Khabar १५ श्रावण २०७७, बिहीबार

“अब देशमै छ रोजगारी” अभियान शुरु

काठमाडौं ।

एक भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलाका बीच “अब देशमै छ रोजगारी” अभियान सार्वजनिक गरेका छन् ।

रोजगारी सर्भिस प्रा.लि. र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा, यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समुहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन अघिल्ला प्रयासमा निर्मित छ ।

नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाहरुको दायरा भित्र र बीच मजबुद सहकार्य निर्माण गरेर, युकेएड सीप र रोजगारी सर्भिस रोजगारी, उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दै उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन् ।

‘रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण छ र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको छ जसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्नेछ,’ मन्त्री खतिवडाले भने ।

कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक छ।

‘समयमै यो संकटलाई जवाफ दिन हाम्रो असक्षमताले अर्थतन्त्रका सबै क्षेत्रमा प्रतिकूल लहर झल्काउन सक्छ, र हालका दशकमा मिहेनतले हासिल गरेको प्रगतिलाई उल्ट्याउँन सक्छ,’ युकेएड सीपका टिम लिडर बलजीत बोहोराले भने ।

रोजगारी सर्भिसले आफ्नो व्यापक प्लेटफर्महरु -वेवसाइट, मोबाइल एप्लिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्नेछ ।

easy care

प्रकाशित: १५ श्रावण २०७७, बिहीबार