ठूला टेक कम्पनीहरुको अमेरिकी संसदिय सुनुवाई, नाफा बढाउन प्रतिद्वन्द्वीलाई मारिरहेको आरोप

Technology Khabar १५ श्रावण २०७७, बिहीबार

ठूला टेक कम्पनीहरुको अमेरिकी संसदिय सुनुवाई, नाफा बढाउन प्रतिद्वन्द्वीलाई मारिरहेको आरोप
Classic Tech
Nepal Telecom

प्रविधि जगतका सबभन्दा शक्तिशाली व्यक्तिहरू अमेरिकी संसदिय सुनुवाईमा कठिन परीक्षाबाट गुज्रनु परेको छ ।

अमेरिकी संसदिय सुनुवाईमा चार प्रमुख टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई कठोर प्रश्न गरिएको थियो ।

सो सुनुवाईमा उनीहरूको प्रतिस्पर्धी रणनीतिहरूको बारेमा चिन्ता गरिएको थियो ।

टेक जायन्ट कम्पनीहरु अमेजन, एप्पल, फेसबुक र गूगलका सीईओहरू थिए ।

फेसबुक इंकको मार्क जुकरबर्ग, अमेजन डट इंकका जेफ बेजोस, गुगलका मालिक अल्फाबेट इंकको सुन्दर पिचाई र एप्पल इंकको टिम कुक थिए ।

जसका कम्पनीहरूको लगभग ५० खर्ब डलरको संयुक्त बजार मूल्य रहेको छ । उनीहरूलाई साना प्रतिद्वन्द्वीलाई अपांग बनाएको आरोप लगाईएको थियो ।

सुनुवाईका क्रममा अमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला फर्महरू चाहिएको बताए, जबकि फेसबुक, एप्पल र गूगलका प्रमुखले उनीहरूको कम्पनीले नवप्रवर्तनलाई उत्साहित गर्ने तर्क गरे।

अर्कोतर्फ एप्पलका सीईओ टिम कुकलाई एकदम सहज भएको थियो। केहि प्रारम्भिक प्रश्नहरूको बाबजुद एप्पलले एप स्टोरमा केही डेभलपरहरूको पक्ष लिन्छ भन्ने आरोप भएको भएपनि सो दिशानिर्देशहरूको बारे तुलनात्मक रूपमा केही प्रश्नहरू मात्र सोधिएको थियो ।

तर यहि आलोचकहरूको बीचमा मुख्य गुनासो थियो ।

भिडियो कन्फ्रेन्समार्फत गरिएको सुनुवाई पहिलो पटक हो भने चारै सीईओ सांसदहरू समक्ष एकै पटक उपस्थित भएको पनि पहिलो पटक हो ।

सुनुवाइमा, सांसदहरूले गूगललाई प्रयोगकर्ताहरूको आफ्नै वेब पृष्ठहरूमा राख्नका लागि साना फर्महरूको येल्प जस्ता सिर्जनात्मक सामग्री चोरी गरेको आरोप लगाएका थिए।

त्यसैगरि अमेजनले यसको साइटमा विक्रेतालाई गरिने व्यवहार, फेसबुकको इन्स्टाग्रामलगायतका प्रतिस्पर्धीको खरिद र एप्पलको एप स्टोरले पनि ध्यान आकर्षण गरेको थियो ।

एक बर्ष भन्दा बढी समयदेखि अमेरिकी कंग्रेसका शीर्ष सांसदहरूले चार टेक जायन्टहरूको बारेमा अनुसन्धान गर्दै आएका छन् ।

कम्पनीहरूले अनलाइन बजारमा आफ्नो शक्ति र प्रभुत्वको दुरुपयोग गरेका छन् की छैनन भनेर निर्धारण गर्ने प्रयास गरिरहेका छन् । एजेन्सीका साथ

TK Viber

प्रकाशित: १५ श्रावण २०७७, बिहीबार

Comments are closed.

Loading...