अमेरिकामा वार्षिक आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक शो आगामी वर्ष भर्चुअल गरिने

Technology Khabar १४ श्रावण २०७७, बुधबार

अमेरिकामा वार्षिक आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक शो आगामी वर्ष भर्चुअल गरिने

काठमाडौं ।

अमेरिकाको कन्जुमर टेक्नोलोजी एसोसिएसनले वार्षिकरुपमा आयोजना गर्ने इलेक्ट्रोनिक शो आगामी वर्षसमेत स्थगित गर्ने भएको छ।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक शोको रुपमा रहेको सिईएस नियमितरुपमा जनवरीमा लस भेगासमा आयोजना हुने गरेको छ ।

तर कोरोनाभाइरसको कारणले यो वर्षको सिईएस २०२० भने भौतिकरुपमा नै आयोजना भएको थियो भने अब आगामी वर्षको कार्यक्रम भर्चुअलमा जाने निर्णय गरेको छ। सो संस्थाले यसअघिको भौतिक कार्यक्रम नै गर्ने घोषणालाई रद्ध गर्दै नयाँ निर्णय गरेको हो ।

सीटीएले भन्यो कि अल डिजिटल इभेन्ट सामान्य मिति ६ देखि ९ जनवरीमा हुनेछ र पछिल्लो उत्पादन प्रदर्शन र प्रक्षेपणको साथै विश्वव्यापी ब्रान्ड र स्टार्टअपको लागि नेटवर्किगका अवसरहरू प्रस्तुत गर्नेछ। सो संस्थाले अधिक जानकारीहरु ईभेन्टको नजिकको समयमा घोषणा गरिनेछ बताएको छ।

विश्वभर कोरोनाभाइरस महामारी र ठूला जमघटहरूमा लगाईएको प्रतिबन्धको कारण भर्चुअलमा जाने घोषणा गरिएको यो पछिल्लो नयाँ औद्योगिक इभेन्ट हो ।

गत वर्ष सीईएसले ४,४०० भन्दा बढी प्रदर्शकहरू र १ लाख ७० हजार बढि आगन्तुकहरूलाई आकर्षण गर्दै २०,००० भन्दा बढी नयाँ उत्पादन प्रदर्शन गरेको दाबी गरेको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

ताजा समाचार