गूगलले अमेरिका, बेलायत र स्पेन जोड्ने नयाँ सामुन्द्रिक केबल निर्माण गर्ने

Technology Khabar १४ श्रावण २०७७, बुधबार

गूगलले अमेरिका, बेलायत र स्पेन जोड्ने नयाँ सामुन्द्रिक केबल निर्माण गर्ने

गूगलले आफ्नो चौथो पूर्ण स्वामित्व भएको केबल र यूरोप र अमेरिकालाई जोड्ने यसको दोस्रो केबल कनेक्सन निर्माण गर्ने योजनाहरूको अनावरण गरेको छ।

अमेरिका, बेलायत र स्पेन बिच नयाँ ग्रेस होपर समुन्द्रमुनि राख्ने (अन्डरसी) केबल निर्माण गर्नेछ जसको अवतरण बिन्दु न्युयोर्क, बुडे र बिलबाओमा हुनेछ।

यो केबल कनेक्सन सबकमले निर्माण गर्नेछ र २०२२ मा सम्पन्न हुने आशा गरिएको छ।

ग्रेस हप्पर अण्डरसी केबल १६ वटा फाइबर जोडीले सुसज्जित हुनेछ र यो अमेरिकालाई युरोपसँग जोड्ने इन्टरनेट पूर्वाधारको लागि महत्वपूर्ण अपग्रेड हुनेछ ।

यो केबल कनेक्सन सबकमको सहयोगमा विकसित गरिएको नविनतम स्विचिंग आर्किटेक्चर प्रयोग गर्ने पहिलो केबल प्रणाली हुनेछ जसले विश्वसनीयता वृद्धि प्रदान गर्दछ र गूगललाई इन्टरनेट आउटेज भएको बेलामा पनि वरिपरि अझ राम्रो इन्टरनेट ट्राफिक आदानप्रदान गर्न अनुमति दिन्छ ।

कम्पनीले भविष्यमा अन्य प्रणालीहरुमा पनि यो प्रविधि विस्तार गर्न चाहेको बताएको छ।

गुगलले बताएअनुसार ग्रेस होपर बेलायतसम्म जाने निजी सबसी केबल मार्गमा कम्पनीको पहिलो लगानी हो र स्पेनको लागि पनि यो पहिलो केबल मार्ग हो।

गुगलले हाल अन्य ३ निजी सबसी केबलहरू (अमेरिका र फ्रान्स)को बीच डनान्ट, (अमेरिका र दक्षिण अमेरिका) बीच क्युरी तथा युरोप र अफ्रिका बीच (इक्वियानो) मा स्वामित्व राख्छ र धेरै ग्लोबल केबल अपरेटिंग कन्सोर्टियमहरूको सदस्य पनि हो। एजेन्सीका साथ

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

Leave a Reply

Loading...