विश्वका चार ठूला टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु संसदिय सुनुवाईमा

Technology Khabar १४ श्रावण २०७७, बुधबार

विश्वका चार ठूला टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु संसदिय सुनुवाईमा

काठमाडौं ।

विश्वका चार ठूला टेक कम्पनीहरु एप्पल, अमेजन, अल्फाबेटको गूगल र फेसबुकले प्रतिस्पर्धी कम्पनीहरुलाई बजारमा प्रतिस्पर्धा गर्न नदिएको विषयमा आज अमेरिकी कंग्रेसमा सुनुवाईको सामना गर्नुपर्नेछ ।

एप्पलका टिम कुक अमेजनका जेफ बेजोस, गूगलका सुन्दर पिचाई, र फेसबुकका मार्क जूकरबर्गले अमेरिकी एन्टिट्रस्ट अर्थात प्रतिस्पर्धा विरोधी समितिमा जवाफ दिनुपर्ने भएको हो ।

उनीहरुले प्रतिस्पर्धीको रुपमा एक आपसमा नै सुनुवाईमा सहभागी हुनेछन् ।

अमेरिकी संसदिय समितिका सदस्यहरुले पछिल्लो दिनमा टेक कम्पनीहरुको अध्ययन गरिरहेका थिए र उनीहरु निकै ठूलो र शक्तिशाली भएको अनुसन्धान बाट देखिएको थियो । सोहि अन्तरगत गत वर्ष एन्टिट्रस्ट प्यानलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुलाई नै बोलाउने निर्णय गरेको थियो र सोहि अन्तरगत आज सुनुवाई हुन लागेको हो ।

सो एन्टिट्रस्ट समितिले कम्तिमा १३ लाख डकुमेन्टहरुको अध्ययन गरेको थियो भने विभिन्न ५ वटा सार्वजनिक सुनुवाई गरिसकेको छ । यसबाहेक सयौं घण्टाको अन्तरवार्ताहरु समेत लिएको छ ।

यसमा फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्टर पिचाईले यसअघि पनि सो समितिमा उपस्थित भएका थिए । तर आजको सुनुवाई त्यो भन्दा फरक र कडा प्रकृतिको हुने रिपोर्टहरुमा उल्लेख छ ।

चारै सिईओहरुले कानून निर्माताहरुको प्यानलमा कसरी उनीहरुले व्यवसायीक गतिबिधि गरिरहेका छन र कसरी डाटाहरु संकलन गरिरहेका छन भन्ने बारेमा ध्यान केन्द्रित गरिनेछ ।

त्यसैगरि सुनुवाईमा अन्य साना प्रतिस्पर्धीहरुलाई कसरी दबदबा कायम गरेका छन वा आफ्नो व्यापारको एकाधिकार गरेका छन भन्ने बारेमा पनि प्रस्ट पार्नुपर्नेछ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

ताजा समाचार