भिओआइपी संचालन गर्ने युवक पक्राउ, भिओआइपी उपकरण र सिमकार्ड बरामद

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

भिओआइपी संचालन गर्ने युवक पक्राउ, भिओआइपी उपकरण र सिमकार्ड बरामद

काठमाडौं ।

गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गर्ने एक युवक पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले भक्तपुरका हरि शंकर श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी छापा मारेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्लाको वडा नं. २२ खिचापोखरी स्थित एक सहकारी संस्था रहेको भवनमा अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरेके प्रहरीले जानकारी दिएको छ।

प्रहरीकाअनुसार उनको साथबाट ८ पोर्टको (भिओआइपी) उपकरण , ८ थान एनसीएलका सिम कार्ड, एक थान चार्जर सहित पक्राउ गरेको हो । उनी माथि दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको बताइएको छ।

साथै केन्द्रिय अनुसन्धान ब्युरोले हालसम्म १ सय ७० जना अवैध भिओआइपी सञ्चालन गर्नेलाई कारवाही गरेको छ । उनीहरुबाट १२ अर्ब २० करोड ५२ लाख ३२ हजार रुपैयाँ बिगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

ताजा समाचार