नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास, बिबरण हेर्न खोज्नेको संख्या कृत्रिमरुपमा बढाईयो

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास, बिबरण हेर्न खोज्नेको संख्या कृत्रिमरुपमा बढाईयो

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आफ्नो आधिकारीक वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरि सेवा अवरुद्ध गर्न खोजेको भन्दै त्यस्तो गतिबिधि गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।

नेपालको एकमात्र धितोपत्र कारोबार गर्ने कम्पनी नेप्सेले हालै सार्वजनिकरुपमा वेबसाइटबाट विभिन्न कोडहरु प्रयोग गरी अनधिकृतरुपमा ठूलो परिमाणमा विबरण तान्ने प्रयास भएको बताएको हो ।

कम्पनीले नेपालस्टक डट कम डट एनपी र नेपालस्टक डट कममा कारोबार सम्बन्धी बिबरण ढिलो देखिने गरेको र निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार बिबरण नदेखिने समस्या देखिएको कम्पनीका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

सो बारेमा नेप्सेले अध्ययन गर्दा सबै वेबसाइटहरुबाट विभिन्न कोड प्रयोग गरी अनधिकृतरुपमा ठूलो परिमाणमा डाटा तान्ने प्रयास गरिरहेको पत्ता लागेको हो ।

सो कारणले वेबसाइटमा बिबरण हेर्न खोज्नेको संख्या कृत्रिमरुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई असुबिधा भएको उल्लेख गरेको छ ।

यसको लागि कम्पनीले प्राविधिक उपाय अपनाईरहेको र आगामी दिनमा यसे अवैध प्रयास जारी राखेमा नेप्से कानूनी कार्वाहीको प्रकृयामा जाने चेतावनी दिएको छ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अत्यधिकरुपमा डाटा तान्न खोज्दा साइटमा नै लोड परेको बताए ।

‘नेप्सेको वेबसाइटबाट बै‌ंक तथा वित्तीय संस्था, पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी, अनलाइन साइटहरुले अनधिकृतरुपमा धेरै डाटा तान्ने गरेको देखियो । शुरुवाती चरणमा चेतावनी दिईने र त्यसले नरोकिए प्रहरीकोमा कारबाहीका लागि जाने योजनामा छौं, उनले टेक्नोलोजीखबरसँग भने ।

हाल शुरुमा सचेतनाको लागि सूचना निकालेको उनले जानकारी दिए ।

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

Leave a Reply

Loading...