नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज *४१२# डायल गरेर गर्न सकिने

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज *४१२# डायल गरेर गर्न सकिने

काठमाडौं ।

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड USSD Code *४१२# (*412#) प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।

यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप (रिचार्ज) यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिने जानकारी दिएको छ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी First Call Activation (FCA) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414# डायल गरी FCA गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत टपअप गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको टपअपसमेत थप सहज रुपले गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

ताजा समाचार