शर्ट भिडियो प्लेटफर्म टिकटकबाट अब आम्दानी गर्न सकिने, २४ अर्ब रुपैयाँको कोष स्थापना

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

शर्ट भिडियो प्लेटफर्म टिकटकबाट अब आम्दानी गर्न सकिने, २४ अर्ब रुपैयाँको कोष स्थापना

भिडियो शेयरिङ्ग एप टिकटक युवा वर्गमा निकै लोकप्रिय छ। विभिन्न गीतका छोटो भिडियो क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर नै चर्चामा रहेको छ।

शर्ट भिडियो प्लेटफर्म टिकटकमार्फत अब आम्दानी समेत गर्न सकिने भएको छ ।

टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २० करोड डलरको कोष बनाउन लागेको सीएनएनले जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकको भनाई छ । टिकटकका अनुसार सो कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण शुरु हुनेछ।

टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएकी छन्।

‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। यसको लागि हाल २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन शुरु गरिनेछ ।’ उनले भनिन् ।

तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बारे भने केही खुलाएको छैन ।

टिकटकका प्रयोगकर्ताले कसरी रकम पाउँछन् भन्ने पनि स्पष्ट छैन तर कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाईरहने कम्पनीका प्रवक्ताले जनाएका छन् । एजेन्सीका साथ

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

Leave a Reply

Loading...