अनलाइन किनमेलमा ठगीको नयाँ तरिका, होम डेलीभरी गरिदिने नाममा ग्राहक ठग्ने पक्राउ

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

अनलाइन किनमेलमा ठगीको नयाँ तरिका, होम डेलीभरी गरिदिने नाममा ग्राहक ठग्ने पक्राउ
Classic Tech
Nepal Telecom

कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले अनलाइनबाट किनेको सामाग्रीहरु घरमा नै होम डेलीभरी गराई दिने विभिन्न मानिसहरुसँग लाखौं रुपैयाँ उठाएका थिए ।

भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलीभरी गराई दिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बेबी कार सिट मगाउने पीडितले ई-सेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराईदिने भनी ७७ हजार ७ सय रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेका थिए ।

त्यसैगरि सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

TK Viber

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...