एलन मस्कले भने- ट्विटरको डाइरेक्ट मेसेजमा ह्याकरले पहुँच पुर्याएकोमा छैन चिन्ता

Technology Khabar १२ श्रावण २०७७, सोमबार

एलन मस्कले भने- ट्विटरको डाइरेक्ट मेसेजमा ह्याकरले पहुँच पुर्याएकोमा छैन चिन्ता

हालसालै ट्विटरमा सबभन्दा ठूलो ह्याकिङ्ग भएको थियो जसमा धेरै हाई प्रोफाइल ट्विटर खाताहरू ह्याक गरिएका थिए।

यसमा टेस्लाका संस्थापक र सीईओ एलन मस्कको एकाउन्ट समेत ह्याक भएको थियो । जसमा ह्याकरहरुले क्रिप्टोकरेन्सी दान गर्न भनेका थिए ।

खाता ह्याक भएको केही दिन पछि, ट्विटरले ह्याकरहरूले केहि खाताहरूको डाइरेक्ट मेसेजहरू पनि पहुँच गरेको जानकारी दिएको थियो । यसका साथै केही खाताहरूको डाटा पनि डाउनलोड गरिएको बताएको थियो।

हाल एलन मस्कले ट्विटरको डाइरेक्ट मेसेजमा भएको पहुँच बारेमा केहि बताएका छन्। वास्तवमा न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा, एलन मस्कले आफ्नो खाता ह्याक भएकोमा धेरै चिन्तित नभएको बताएका हुन्।

उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्तामा भनेका छन् कि उनको ट्विटरको डाइरेक्स मेसेज डीएम मिम्स, स्वापिंगको लागि प्रयोग हुने गरेको छ। यसै कारणले उनी आफ्नो एकाउन्ट ह्याक भएपनि खासमा उनलाई कुनै चिन्ता छैन।

यस अन्तर्वार्तामा मस्कले भनेका छन्, ‘म डीएम सार्वजनिक भएकोमा चिन्तित छैन। यस्तो हुन सक्छ कि मेरो डीएमको केहि अंशहरू बिना प्रसंगले गलत देखिन सक्छ, तर समग्रमा मेरो डीएम मिम स्वापिंगको लागि हो।’

मस्कले यो अन्तर्वार्तामा भनेका थिए कि उनीसँग एक गोप्य इन्स्टाग्राम एकाउन्ट समेत छ। यस खाताबाट उनले व्यक्तिद्वारा पठाइएका लिंकहरू जाँच गर्दछन्।

केहि समयअघि मात्र बिल गेट्स, जेफ बेजोस र एलन मस्क सहित भर्खरै १३९ वटा ट्विटर खाताहरू ह्याक गरिएको थियो।

ह्याकिगपछि, ट्विटरको डाइरेक्ट मेसेजमा गोपनीयताको प्रश्न उठ्न थालेको छ। किनकी यो एन्क्रिप्टेड छैन । जसले हाल कम्पनीलाई मेसेजमा पनि एन्क्रिप्शन राख्न दबाब परिरहेको छ । एजेन्सी

प्रकाशित: १२ श्रावण २०७७, सोमबार

Comments are closed.

Loading...