क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार मूल्य १० हजार डलर नाध्यो

Technology Khabar १२ श्रावण २०७७, सोमबार

क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार मूल्य १० हजार डलर नाध्यो

काठमाडौं ।

निकै सातासम्म संकुचितरुपमा कारोबार भईरहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबारले नयाँ उचाईँ हासिल गरेको छ ।

गएको जुनको शुरुवातपछि पहिलो पटक बिटक्वाइनको कारोबार १० हजार डलर माथि पुगेको हो ।

कोरोनाभाइरसको प्रकोपबाट आर्थिक गतिबिधि कमजोर भएसँगै मूल्य घट्ने समस्या बिटक्वाइनले भोगिरहेको थियो ।

यो भर्चुअल मुद्रा गएको मे ११ मा यसको तेस्रो सबैभन्दा कमजोर बजारमा गएको थियो । जसले गर्दा बिटक्वाइनलाई नयाँ सिक्काहरुमा दिईने ईनाममा कटौती गरेर १२.५ बाट ६.२५ मा झारेको थियो ।

यस्तो कटौतीले बजारमा बिटक्वाइनको आपूर्तिलाई प्रभावित बनाएको थियो र हाल यसले बिटक्वाइन माइन गर्नेहरुलाई आफ्नो लागत लिनको लागि केहि समय लागेको हो ।

आईतवार मात्र बिटक्वाइन लामो अन्तराल पछि १० हजार डलर पार गर्दै १० हजार २ सय डलरमा कारोबार भएको थियो । एजेन्सी

easy care

प्रकाशित: १२ श्रावण २०७७, सोमबार