अनलाइन बजार दराजको महाबचत बजार अभियान सुरु

Technology Khabar १२ श्रावण २०७७, सोमबार

अनलाइन बजार दराजको महाबचत बजार अभियान सुरु
Classic Tech

अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ ।

दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुनेछ ।

यस ८ दिने सेल अभियानमा हुने बचत भौउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका हरेक सामानमा भारि बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यसबाहेक, ग्राहकहरूले इसेवा मार्फत थप रु १००० सम्म, र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्डमार्फत प्रीपेमेन्ट गर्दा थप रु २००० सम्म छुट पाउन सक्छन्।

यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्न सक्नेछन जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा छ ।

अर्को पुरस्कार भनेको आईफोन एसई रहेको छ जुन इसेवा र दराजद्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिने बताईएको छ । यस गेम मार्फत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।

‘शपिंग हालसालैका विश्व घटनाहरू पछि सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि शपिंगमा रमाइलोपन ल्याउन चाहन्छौं। हामी केवल सुविधा र सहजता मात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरू, अनलाइन गेमहरु खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ।,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

TK Viber

प्रकाशित: १२ श्रावण २०७७, सोमबार

Loading...