स्न्यापड्रागन ६६५ एसओसी र क्वाड्रुपल क्यामरासहित ओपो ए५२ नेपालमा सार्वजनिक

Technology Khabar ११ श्रावण २०७७, आईतवार

स्न्यापड्रागन ६६५ एसओसी र क्वाड्रुपल क्यामरासहित ओपो ए५२ नेपालमा सार्वजनिक
Global IME Bank

काठमाडौं ।

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ ।

डिस्प्ले

ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी+ रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ ।

उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५% छ । फोनको डिस्प्लेमा ईन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायतपनि उपलब्ध गरिएको छ ।

क्यामरा

ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चर सहितको १२एमपी र सेकेन्डरी रियर क्यामरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चर सहितको २एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्ये, एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएको छ ।

फोनको रियर क्यामरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चर सहितको १६.०एमपी फ्रन्ट क्यामराको ब्यवस्था गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए५२लाई अक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४जीबी ¥याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एसएसडी मार्फत सञ्चय क्षमतालाई २५६जीबी सम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

ओपो ए५२का बिशेषता

ब्राण्ड                                                ओपो
चिपसेट                                             क्वालकम स्न्यापड्रागन ६६५
¥याम                                                ४जीबी
आन्तरिक सञ्चय क्षमता                       १२८जीबी
स्क्रिनको आकार                                ६.५
रेजोल्यूशन                                         १०८०×२४००
रियर क्यामरा                                     १२एमपी+८एमपी+२एमपी+२एमपी
अतिरिक्त सञ्चय सुविधा                      छ
फ्रण्ट क्यामरा                                    १६एमपी
फिंगरप्रिन्ट                                         साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर
ब्याट्री                                                ५०००एमएएच
डिस्प्ले                                               ६.५ ईञ्च

मूल्य तथा उपलब्धता
ओपो ए५२को बजार मूल्य रु. २९,९९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ११ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया