Technology Khabar ११ श्रावण २०७७, आईतवार
काठमाडौं ।
नोकियाले नेपाली बजारमा दुई नयाँ मोडलका फीचर फोनहरु सार्वजनिक गरेको छ । नोकियाको नेपालका लागि आधिकारिक बितरक टेलिटक प्रालिले बजारमा नोकिया १२५ र नोकिया १५०(२०२०) फीचर फोन सार्वजनिक गरेको हो ।
कम्पनीले यी फोनहरु पुरै नयाँ डिजाइन ठूला की बटनहरु र लामो ब्याट्री अवधिसहित ल्याएको हो । यसको ठूला की बटनहरुले फोनमा डायल गर्न र टेक्स्ट म्यासेज लेख्न एकदमै सजिलो बनाउने कम्पनीले जानकारी दिएको छ ।
यी फोनहरुमा कुनै समस्या भए ३६५ दिनभित्र साट्न मिल्ने ग्यारेन्टीको सुविधा पनि रहेको छ ।
नोकिया १२५
नोकिया १२५ फीचर फोनमा २.४ इञ्चको स्क्रीन साइज रहेको छ । यो फोनमा क्लासिक स्नेक गेम र अन्य किसिमका ट्राइ एण्ड बाई गेमहरु पनि राखिएको छ । यसमा ड्यूल सिमकार्ड सपोर्टका साथै फोनमा वायरलेस एफएम रेडियो पनि रहेको छ ।
यो फोनको ब्याट्री लामो अवधिसम्म टिकाउ हुनेछ भने यसमा दुई हजार वटा सम्पर्क नम्बर नम्बर र पाँच सय एसएमएस अटाउन सक्ने स्टोरेज रहेको छ ।
नोकिया १५०
नोकिया १५० (२०२०) मा अतिरिक्त नयाँ फिचरहरु राखिएका छन् । फोनमा ३२ जीबीसम्म थप्न सकिने स्टोरेजसहित एमपी थ्री प्लेयर रहेको छ । भीजीए क्यामरा र फ्ल्यास लाइट भएको फोनमा ब्ल्युटुथबाट तस्वीरहरु शेयर गर्न सकिन्छ ।
यसमा वायरलेस एफएम रेडियो रहेको छ। यसमा भएको २.४ इञ्चको स्क्रीन साइज, ड्यूल सिम राख्न सकिनेछ भने ठूला की बटनले फोन डायल गर्न तथा टेक्स्ट म्यासेज गर्न सजिलो बनाउने छ ।
यो फोनमा क्लासिक स्नेक गेम र अन्य ट्राइ एण्ड बाई गेमहरु रहेका छन् । यी फोनहरुको बडी उच्च गुणस्तरीय र किफायती पोलिकार्बोनेटबाट बनेको छ ।
नेपाली बजारमा नोकिया १२५ फोनको मूल्य ३,०९९ रुपैयाँ तोकिएको छ भने नोकिया १५० (२०२०) को बजार मूल्य ३,६५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ११ श्रावण २०७७, आईतवार