एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने

Technology Khabar ११ श्रावण २०७७, आईतवार

एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने
एनसेलको ललितपुर नख्खुमा रहेको यसअघिको कर्पोरेट कार्यालय। फाइल फोटो

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल अपरेटर कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय तथा मुख्यालय सारेको छ । कम्पनीले साउन ६ गतेदेखि आफ्नो नयाँ मुख्यालय लैनचौरमा राखेको जानकारी दिएको हो ।

यसअघि ललितपुरको नख्खुमा मुख्य कार्यालय राखेर सेवा दिईरहेको एनसेलले हाल सो स्थानमा आफ्नो डाटा सेन्टर निर्माण र संचालन गरिरहेको छ ।

कम्पनीले सो स्थानमा एउटा छुट्टै भवनमा डाटा सेन्टर संचालनमा ल्याएको छ भने सो डाटा सेन्टरको क्षमता बढाईरहेको छ । यसको लागि कम्पनीले भौतिक संरचनाहरु समेत धमाधम बनाउँदैछ।

एनसेल प्रालिको नख्खुमा रहेको डाटा सेन्टर । फाइल

यसअघिदेखि नै कम्पनीले नख्खुमा डाटा सेन्टर निर्माण गर्ने र विभिन्न नयाँ सेवाहरु संचालन गर्ने योजना रहेको बताउँदै आएको छ ।

कम्पनीले सो स्थान साँघुरो भएको भन्दै लैनचौरको सार्वजनिक खेल मैदानको उत्तर तर्फ रहेको एनसेल आईकन भवनमा नयाँ मुख्यालय बनाएको हो ।

कम्पनीले यसअघि नै सर्ने योजना लिएको भएपनि लकडाउनले गर्दा कम्पनीको योजना ढिलो भएको थियो ।

Global Bank
easy care

प्रकाशित: ११ श्रावण २०७७, आईतवार

ताजा समाचार