एप्पलले भारत स्थित फक्सकन फ्याक्ट्रीमा पहिलो पटक आईफोन ११ निर्माण गर्दै

Technology Khabar १० श्रावण २०७७, शनिबार

एप्पलले भारत स्थित फक्सकन फ्याक्ट्रीमा पहिलो पटक आईफोन ११ निर्माण गर्दै

काठमाडौं ।

भारतमा केन्द्रीय सरकारको आत्मनिर्भर भारत योजनाअन्तरगत प्रविधि कम्पनी एप्पलले नयाँ उत्पादन शुरु गरेको छ ।

आईफोनका लागि विश्वव्यापी रूपमा परिचित कम्पनी एप्पल इंकले भारतमा आफ्नो प्रमुख डिभाइस आईफोन ११ को निर्माण शुरू गरेको हो। एप्पलले  तमिलनाडुको चेन्नईमा रहेको फक्सकन प्लान्टमा यसको निर्माण सुरु गरेको छ।

आईफोन ११ को निर्माण शुरू भएसँगै भारतमा एप्पलले कुनै पनि उच्चतहका आईफोन मोडलहरू निर्माण गरेको हो।

भारतीय वाणिज्य मन्त्री पियुष गोयलले यसबारे शुक्रवार आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा लेखेका छन् – ‘मेक इन इण्डियाको लागि महत्वपूर्ण बूस्ट, एप्पलले भारतमा आईफोन ११ निर्माण गर्न शुरू गर्यो। पहिलो पटक यो कम्पनीले हाम्रो देशमा टप अफ दि लाइन मोडल ल्याइरहेको छ।’

यस भन्दा पहिले अमेरिकी टेक कम्पनीले २०१९ मा भारतमा आईफोन एक्सआरको एसेम्बली गर्न शुरू गरेको थियो । २०१७ मा एप्पलले आईफोन एसई २०१६ मोडल कर्नाटकको बेंगलुरुमा एसेम्बल गर्न शुरू गरेको थियो।

अब टेक कम्पनीले आईफोन एसई २०२० बंगलुरुको विस्ट्रोनमा निर्माण गर्ने योजना बनाएको छ।

हालै मात्र एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले भारतमा आफ्नो कारखाना विस्तार गर्न १ अर्ब डलरको लगानी घोषणा गरेको थियो ।

भारतमा नै आईफोन ११ शुरु भएसँगै आईफोन ११ को मूल्य स्थानीय बजारमा कम हुनसक्ने अनुमान गरिएको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १० श्रावण २०७७, शनिबार

ताजा समाचार