रूसले अन्तरिक्षमा स्याटेलाइट ध्वस्त गर्ने प्रविधि परीक्षण गरेको बेलायत र अमेरिकाको आरोप

Technology Khabar ९ श्रावण २०७७, शुक्रबार

रूसले अन्तरिक्षमा स्याटेलाइट ध्वस्त गर्ने प्रविधि परीक्षण गरेको बेलायत र अमेरिकाको आरोप
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिका र बेलायतले रूसलाई अन्तरिक्ष कक्षमा रहेका भू-उपग्रहहरू(स्याटेलाइट)लाई लक्षित गरेर प्रयोग गर्न सकिने अन्तरिक्षमा हतियार जस्तो प्रक्षेपणको परीक्षण गरेको आरोप लगाएको छ।

अमेरिकी विदेश विभागले रुसले गरेको भर्खरको प्रयोगलाई वास्तवमा इन-अर्बिट एन्टि-सेटेलाइट हतियारको रूपमा देखिने किसिमको भएको बताएको छ ।

रसियाको रक्षा मन्त्रालयले भने यो नयाँ कदम रुसको अन्तरिक्ष उपकरणमा नयाँ प्रविधिको प्रयोग गर्ने परीक्षण गरिरहेको बताएको छ। तर के प्रविधि र उपकरण भन्ने बारेमा भने खुलाएको छैन् ।

अमेरिकाले यसअघि पनि नयाँ रूसी उपग्रहको गतिविधि बारे चिन्ता उठाएको थियो । तर यस पटक भने बेलायतले पनि रुसको सो स्याटेलाइट गतिबिधिबारे चासो राखेको छ ।

अमेरिकी रक्षा अधिकारीहरुले भने सो गतिबिधिले अमेरिकी स्याटेलाइटलाई खतरा भएको बताएका छन् । तर अहिलेसम्म सो उपकरणले कुनै हानि वा नोक्सानी गरेको छैन् ।

युएस स्पेस कमान्डका अनुसार यहि जुलाई १५मा, कोसमोस २५४३ नामक रूसी उपग्रहले कक्षमा एक अज्ञात वस्तु छोडेको थियो, जून हाल कक्षमा रहेका सबै वस्तुहरू ट्र्याक गर्नको लागि जिम्मेवार रहेको छ।

सो उपग्रहले एक रहस्यमय वस्तु अर्को रसियन उपग्रहको नजिकै छोडेको थियो, यद्यपि कुनै टुक्राहरू एक अर्काको सम्पर्कमा आएनन्। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ९ श्रावण २०७७, शुक्रबार

ताजा समाचार