नेपालको मोबाइल इन्टरनेट स्पीड अफ्रिकी मुलुकहरुको भन्दा पनि सुस्त, औसत स्पीडभन्दा निकै तल

Technology Khabar ९ श्रावण २०७७, शुक्रबार

नेपालको मोबाइल इन्टरनेट स्पीड अफ्रिकी मुलुकहरुको भन्दा पनि सुस्त, औसत स्पीडभन्दा निकै तल
Classic Tech
Nepal Telecom

नेपालको मोबाइल इन्टरनेट यति सुस्त छ की यसको गति अफ्रिकाको गरिब मुलुकहरु भनेर चिनिने हैटी, घाना, नामिबियालगायतका देशहरुको भन्दा पनि सुस्त रहेको छ ।

हालै सार्वजनिक रिपोर्टअनुसार जून महिनाको मोबाइल इन्टरनेटको गतिको सूचीमा नेपाल निकै तल रहेको छ जसमा अफ्रिकी मुलुक हैटी भन्दा पनि पछाडि परेको छ ।

नेपाल इन्टरनेट स्पीडको आधारमा ११९ औं स्थानमा रहेको ओक्लाले सार्वजनिक गरेको जून महिनाको रिपोर्टमा उल्लेख छ ।

यो महिना १ स्थान माथि उक्लिएर सो सूचीको ११९ औं स्थानभन्दा नेपाल रहेको छ भने त्यसभन्दा माथि नै अफ्रिकाका गरिब मुलुक भनेर चिनिने नामिबिया, घाना र हैटी जस्ता देशहरु रहेका छन् ।

नेपालको मोबाइल इन्टरनेटको स्पीड जून महिनामा १५.२२ एमबिपिएस रहेको छ । नेपाल भन्दा ठिक अगाडि नाइजेरिया रहेको छ भने नेपालभन्दा तल पाकिस्तान रहेको छ ।

विश्वका देशहरुका तुलनामा नेपालको मोबाइल इन्टरनेटको गति धिमा रहेपनि दक्षिण एशियाली मुलुकहरुमध्ये भने तेस्रो स्थानमा रहेको छ ।

दक्षिण एशियाली मुलुकहरुमा नेपाल भन्दा अगाडि माल्दिभ्स र श्रीलंका रहेका छन् । माल्दिभ्स ६९ औं स्थानामा छ भने श्रीलंका ११० औं स्थानमा रहेको छ ।

विश्वकै सबैभन्दा दोस्रो ठूलो इन्टरनेट बजार भएको छिमेकी मुलुक भारत भने नेपाल भन्दा निकै पछाडि रहेको छ । भारत सूचीमा जून महिनामा एक अंक घटेर १२९ औं स्थानमा रहेको छ जसको मोबाइल इन्टरनेटको स्पीड १२.१६ एमबिपिएस रहेकोछ ।

बंगलादेश सूचीको १३४ औं स्थानमा छ भने अफगानिस्तान १३८ औं स्थानमा रहँदै अन्तिममा परेकोछ । सूचीमा भुटानको तथ्यांक भने समावेश गरिएको छैन् ।

मोबाइल इन्टरनेटमा कमजोर रहेको नेपाल फिक्स्ड ब्रोडब्याण्डमा पनि उस्तै अवस्थामा छ।

फिक्स्ड इन्टरनेटमा नेपालको स्थान ११७ औं स्थानमा रहेकोछ जहाँ यो महिना २ स्थान सुधार भएको हो । नेपालको फिस्क्ड इन्टरनेटको गति २०.४५ एमबिपिएस रहेको छ ।

फिस्क्ड ब्रोडब्याण्डमा दक्षिण एशियाली मुलुकमध्ये नेपाल भन्दा भारत बंगलादेश र श्रीलंका रहेका छन् । फिस्क्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा पनि नेपाल टोगो, रुवाण्डा, कंगो जस्ता देशहरुको हाराहारीमा नै रहेको छ ।

ग्लोबल स्पीडटेस्ट इण्डेक्सअनुसार जून महिनामा विश्वभर औसत मोबाइलको स्पीड ३४.६७ एमबिपिएस रहेकोछ भने अपलोड ११.०१ एमबिपिएस रहेको छ । त्यसैगरि फिक्ड ब्रोडब्याण्डतर्फ औसत डाउनलोड ७८.२६ एमबिपिएस रहेको छ भने अपलोड ४२.०६ एमबिपिएस रहेको छ ।

नेपालको मोबाइल इन्टरनेट स्पीड र फिक्स्ड ब्रोडब्याण्ड स्पीड दुबै औसत स्पीड भन्दा निकै तल रहेको देखिन्छ ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...