एप्पलले आफ्ना सबै उत्पादनका आपूर्ति श्रृंखलाबाट कार्बनलाई सन् २०३० सम्म हटाउने

Technology Khabar ७ श्रावण २०७७, बुधबार

एप्पलले आफ्ना सबै उत्पादनका आपूर्ति श्रृंखलाबाट कार्बनलाई सन् २०३० सम्म हटाउने

टेक कम्पनी एप्पलले आफ्नो पुरै व्यवसायबाट कार्बन उत्सर्जनलाई हटाउने घोषणा गरेको छ । कम्पनीले आफ्नो उत्पादनहरुका साथै पुरै आपूर्ति श्रृंखलाबाट नै कार्बन उत्सर्जनलाई आगामी दशकमा हटाउने बताएको हो ।

आईफोन निर्माता कम्पनीले आफ्नो ग्लोबल कर्पोरेट संचालनहरु जसमा कार्यालयहरु तथा डाटा सेन्टरहरुमा यसअघि नै कार्बन न्यूनिकरण गरिरहेको भन्दै यो अभियानलाई अब आफ्ना आपूर्तिकर्ताहरुमा बिस्तार गर्ने भनेको छ । कम्पनीका आपूर्तिकर्ताहरुले एप्पलका उत्पादनहरुमा योगदान गर्दै आएका छन् ।

एप्पलले कार्बन उत्सर्जनलाई करिब ७५ प्रतिशतसम्म कम गर्ने लक्ष्य लिएको छ भने बाँकी २५ प्रतिशत कार्बन हटाउने वा कार्बन हटाउने किसिामका परियोजनाहरु संचालन गर्ने बताएको छ। यस्ता परियोजनाहरु वृक्षारोपण र बासस्थान पुर्नस्थापनलगायत छन् ।

आपूर्ति श्रृंखलाहरुका लागि एप्पलले स्कोप थ्री शब्दाबलीको प्रयोग गरेको छ जसले अप्रत्यक्षरुपमा कम्पनीको भ्यालु चेनबाट आउँछ ।

कम्पनीकाअनुसार यसको करिब ७४ प्रतिशत कार्बन उत्सर्जन यसको उत्पादन निर्माताहरुबाट हुने गर्दछ र यसलाई सम्बोधन गर्न कम्पनीले १०० मिलियन डलर भएको यूएस चाइना ग्रीन फण्ड स्थापना गर्न सहयोग गर्नेछ ।

यो फण्डले ती आपूर्तिकर्ताहरुलाई उर्जा दक्षता प्रोजेक्टहरु संचालन गर्न पूँजी लगानी गर्नेछ।

यसका साथै कम्पनीले रिसाइकल गरिएको सामाग्रीहरुको प्रयोग गर्नका लागि आपूर्तिकर्ताहरुसँग काम गरिरहेको छ । हाल पनि कतिपय उत्पादनमा रिसाइकल गरिएका सामाग्रीहरु एप्पलले प्रयोग गर्दछ । एजेन्सीका साथ

प्रकाशित: ७ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...