दराज र इसेवाको अफर, केबल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

Technology Khabar ७ श्रावण २०७७, बुधबार

दराज र इसेवाको अफर, केबल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका
Classic Tech

अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् ।

भाग लिनको लागि ग्राहकहरूले दराजमा आईफोन रुपी१ (IPHONERUPEE1) प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरि अर्डर गर्न पर्नेहुन्छ।

अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ।

विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवामार्फत पैसा तिर्दा १००० रुपैयाँसम्मको छूट पाउने दराजले जनाएको छ।

ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।

“गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुको लागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्पको रुपमा विकास गर्ने छ,” दराज प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।

वान रुपी गेम अन्तर्गत ग्राहकहरुले सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर लगायत अरू धेरै पुरस्कारहरू पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...