लैंगिक हिंसा बारे संवेदनशील सामाग्री प्रकाशन गर्दा सजग हुन दूरसञ्चार प्राधिकरणको अनुरोध

Technology Khabar ६ श्रावण २०७७, मंगलवार

लैंगिक हिंसा बारे संवेदनशील सामाग्री प्रकाशन गर्दा सजग हुन दूरसञ्चार प्राधिकरणको अनुरोध
Global IME Bank

काठमाडौं ।

नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक संजालहरुमा लैंगिक हिँसासँग सम्बन्धित विषयवस्तुहरु शेयर गर्दा संवेदनशिल हुन अनुरोध गरेको छ ।

प्राधिकरणले बलात्कार, यौनजन्य दूव्र्यवहार, जबरजस्ती करणीको प्रयास जस्ता विषयहरु सामाजिक संजालहरु लगायत डिजिटल माध्यमहरुमा सार्वजनिक गर्दा संवेदनशील हुन भनेको हो ।

विभिन्न सामाजिक अपराधसँग सम्बन्धित घटनाहरुलाई व्यक्ति वा संस्थाले शेयर गर्दा सचेत हुन भनिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो विषय वस्तुहरु शेयर गर्दा पीडित तथा प्रभावितहरु थप पीडामा परि हतोत्साहित भएर आत्महत्यासम्मका प्रयास गरेको भन्ने बुझिन आएको भन्दै त्यस्तो कार्य नगर्न नगराउन भनेको हो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ श्रावण २०७७, मंगलवार

ताजा समाचार