सामसङको ग्यालेक्सी जेड फोल्ड २ फोल्डेबल फोन अगस्ट ५ मा नै आउने, यस्तो छ नयाँ लोगो

Technology Khabar ६ श्रावण २०७७, मंगलवार

सामसङको ग्यालेक्सी जेड फोल्ड २ फोल्डेबल फोन अगस्ट ५ मा नै आउने, यस्तो छ नयाँ लोगो

काठमाडौं ।

आउँदो अगस्ट ५ तारिखमा सामसङको अनप्याक्ड इभेन्टमा कम्पनीले ग्यालेक्सी नोट लाइनअपमा नयाँ उत्पादनहरूका साथ ग्यालेक्सी जेड फोल्ड २ पनि लन्च गर्नेछ।

कम्पनीले ग्यालेक्सी फोल्ड श्रृंखलाको लागि प्रयोग गरिएको बटरफ्लाई लोगोको अपडेटका साथ ट्विटरमा आफ्नो लन्चिङ्ग मिति सार्वजनिक गरेको छ ।

सामसङले यस अवसरमा ग्यालेक्सी जेड फ्लिप ५ जी र ग्यालेक्सी नोट २० सीरिज पनि ल्याउनेछ।

आउँदो ग्यालेक्सी जेड फोल्ड २ का धेरै स्पेसिफिकेसनहरू पहिल्यै बाहिर आईसकेका छन् ।

सामसङले ट्वीटरमा भिडियो टिजर पोस्ट गरेको छ, जहाँ यसले अपडेट गरिएको बटरफ्लाई लोगो पनि राखेको छ, जुन यसअघि ग्यालेक्सी फोल्डको लागि प्रयोग गरिएको थियो। सामसङले लन्चिङ्ग मितिसहितको पोस्टमा ‘अ न्यू लुक अनफोल्ड्स’ क्याप्शनको साथ प्रस्तुत गरेको छ ।

नयाँ लोगोलाई मिस्टिक ब्रोन्ज रंग दिइएको छ, जुन फोनअरेनाको रिपोर्ट अनुसार ग्यालेक्सी फोल्ड सक्सेसरको कलर अप्सन मध्ये एक हो र ग्यालेक्सी नोट २० सीरिजको साथ पनि सार्वजनिक हुन सक्नेछ।

विभिन्न रिपोर्टहरुका अनुसार ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन ७.७ इन्चको सुपर एमोलेड स्क्रिन र १२० हर्ट्ज रिफ्रेश रेटको साथ आउनेछ।

ग्यालक्सी जेड फोल्ड २ मा एउटा १० मेगापिक्सेल सेन्सर भित्र र बाहिर दुबैतर्फ उपलब्ध हुनेछ। रियरमा ट्रिपल क्यामरा सेटअपमा ६४ मेगापिक्सेलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेल सेन्सर विद अल्ट्रावाइड लेन्सको साथ, र १२ मेगापिक्सेलको वाइड एंगल लेन्सको साथ आउनेछ।

स्मार्टफोनमा स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर राखिनेछ भने ग्यालेक्सी जेड फोल्ड २ ले डुअल ब्याट्री सेटअप पाउनेछ जसको संयुक्त क्षमता ४,३६५ एमएएचको हुनेछ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ६ श्रावण २०७७, मंगलवार

ताजा समाचार