फक्सकनको प्रतिद्वन्द्वी लक्सशेयरले चीनमा रहेको विस्ट्रोनको आईफोन प्लान्ट किन्यो

Technology Khabar ६ श्रावण २०७७, मंगलवार

फक्सकनको प्रतिद्वन्द्वी लक्सशेयरले चीनमा रहेको विस्ट्रोनको आईफोन प्लान्ट किन्यो
Classic Tech

एप्पलको लागि एयरपोड्स आपूर्तिकर्ता कम्पनी लक्सशेयरले आईफोन आपूर्तिकर्ता कम्पनी विस्ट्रोनको फ्याक्ट्रि किनेको छ । लक्सशेयरले हालै ४७१.५ मिलियन डलरमा चीनको जियाङ्गसु प्रोभिन्समा रहेको आईफोन बनाउने फ्याक्ट्रि किनेको हो ।

लक्सशेयरले पहिलोपटक आईफोन एसेम्बली प्लान्ट किनेर एप्पलकै अर्को आपूर्तिकर्ता फक्सकनलाई चुनौती दिनेछ । यसका साथै लक्सशेयर अब आईफोनको आपूर्तिकर्ता समेत भएको छ ।

फक्सकन एप्पलको लागि लामो समयदेखि आपूर्तिकर्ता रहँदै आएको छ ।
सो खरिदबिक्री यो वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ भने नियमनकारी निकायबाट अनुमति लिने प्रक्रियामा रहेको छ । समाचार रिपोर्टहरुकाअनुसार यो एप्पलको योजनाअनुसार नै भएको हो।

अबको योजनाअनुसार लक्सशेयरले चीनमा आईफोन एसेम्बल गर्नेछ भने विस्ट्रोनले भारतमा रहेको उत्पादन प्लान्टमा ध्यान केन्द्रित गर्नेछ ।
एप्पलले आफ्नो केहि आईफोनहरु भारतमा फक्सकन र विस्ट्रोनमार्फत उत्पादन गर्दै आएको छ ।

लक्सशेयर फक्सकनका पूर्व कर्मचारी ग्रेस वाङ्गले सन् २००४ मा स्थापना गरेका हुन्, यो पछिल्लो दिनमा तिब्र गतिमा बढिरहेको चिनियाँ टेक म्यानुफ्याक्चरर कम्पनी हो ।

यो कम्पनी सन् २०१३ देखि एप्पलको आपूर्तिकर्ता रहँदै आएकोछ । जसले केबलहरु, कनेक्टरहरुका साथै एयरपड्स र एप्पल वाच बनाउँछ । एजेन्सीका साथ

प्रकाशित: ६ श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...