Technology Khabar ६ श्रावण २०७७, मंगलवार
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले बस्याललाई संचार मन्त्रालयको जिम्मेवारी दिएको हो ।
१६ महिनाअघि सचिवमा बढुवा भएका उनी गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवका रुपमा कार्यररत थिए।
पछिल्लो समय काठमाडौं बाहिर रहेका बस्याल सचिवमध्ये सबैभन्दा वरिष्ठ हुन्।
यसअघि बस्यालले सहसचिवका रुपमा अर्थ मन्त्रालयमा दुई वर्ष बिताएका थिए। अर्थमा आउनुअघि उनले शिक्षा मन्त्रालयमा पनि सहसचिवकै रुपमा १० महिना काम गरिसकेका छन् ।
बस्यालले चीनको स्वशासित प्रदेशका रुपमा रहेको तिव्वतको ल्हासामा नेपाली महाबाणिज्यदूतका रुपमा समेत काम गरिसकेका छन् ।
निकै इमान्दार र मेहनती सचिवका रुपमा आफ्नो छवि बनाएका बस्याल प्रदेशमा रहेका सचिवहरु मध्ये वरियता क्रमका वरिष्ठ सचिव रहेको बताइएको छ।
प्रकाशित: ६ श्रावण २०७७, मंगलवार