भन्सार विभागद्धारा अनलाइनमार्फत एक्जिम कोड बितरण गर्न शुरु

Technology Khabar ५ श्रावण २०७७, सोमबार

भन्सार विभागद्धारा अनलाइनमार्फत एक्जिम कोड बितरण गर्न शुरु

काठमाडौं ।

भन्सार विभागले अनलाइनमार्फत एक्जिम कोड अर्थात निकासी/पैठारी संकेत नम्बर वितरण गर्न सुरु गरेको छ।

विभागले आजैदेखि घरबाटै कोड लिन सकिने गरि नयाँ अनलाइन सेवा शुरु गरेको हो ।

विभागका महानिर्देशक सुमन दाहालले सोमबारदेखि अनलाइनमार्फत कोड वितरण प्रणालीको शुभारम्भ गरे।

यो अनलाइन सेवाबाट करिब ३० हजार सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।

निकासी/पैठारी संकेत नम्बर प्रत्येक वर्ष नवीकरण गर्नुपर्दछ भने यसरी नवीकरण गर्दा भन्सार नियमावली, २०६४ को नियम ६६(घ) बमोजिम कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने व्यवस्था छ।

हालसम्म प्रयोग भईरहेको प्रणालीमा नवीकरण दस्तुर तिर्न, बैंक जमानत तथा करचुक्ता प्रमाणपत्र पेश गर्ने कार्यको लागि भन्सार विभाग वा भन्सार कार्यालयहरुमा नै उपस्थित हुनुपर्ने अवस्था थियो।

निकासी पैठारी संकेत प्रणालीको नवीकरणलाई स्वचालित रुपले सञ्चालन गर्न हाललाई घर वा कारोवार स्थलबाटै नवीकरण हुने गरी प्रणालीको विकास गरिएको विभागले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

यसरी लिनुस् अनलाइन सेवा
नवीकरणका लागि निवेदन दिन सेवाग्राहीलाई युजर आइडी र पासवर्ड विभागले उपलब्ध गराउने छ।

सेवाग्राहीले विभागको वेबसाइटमा गई एक्जीम कोड लेखिएको आईकनमा गएर आफ्नो विवरण भर्न सक्ने व्यवस्था मिलाईएको छ। त्यहाँ सेवाग्राहीले युजर आइडी र पासवर्ड लिन सबमिसन नम्बर प्राप्त गर्नेछन् ।

त्यसैगरि युजर आइडी र पासवर्ड लिईसकेका सेवाग्राहीले भने एक्जीम कोड नवीकरण गर्न सक्नेछन् । यसकाे लागी विभागको पोर्टलमा नै कन्सुलेट पोर्टल र बैंक पोर्टलको एक्सेस लिंक दिईएको छ ।

बैंक ग्यारेन्टीलाई समेत सेवाग्राही आफैँले प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाईएको छ।

सेवाग्राहीले कनेक्ट आइपिएसको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकमा दस्तुर बुझाउन सक्ने व्यवस्था समेत गरिएको छ। यसका लागि आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाण पत्र भन्सार विभागले सिधै बिदयुतीय भिडान गर्ने व्यवस्था मिलाईएको छ।

नवीकरण भएको प्रमाणपत्र घर वा कारोबार स्थलबाटै सेवाग्राहीले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था विभागले गरेको जनाएको छ।

यसैबिच विभागले एक्जिम कोड लिने अवधि २०७७ असोज मसान्तसम्म तोकेको छ ।

Global Bank
easy care

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

ताजा समाचार