भारतमा ५जी परीक्षण गर्न चाहिने स्पेक्ट्रम माग गर्दै रिलायन्स जियोको आवेदन

Technology Khabar ५ श्रावण २०७७, सोमबार

भारतमा ५जी परीक्षण गर्न चाहिने स्पेक्ट्रम माग गर्दै रिलायन्स जियोको आवेदन
Classic Tech
Nepal Telecom

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले आफैंले विकास गरेको भनि दाबी गरेको ५जी प्रविधि परीक्षणको योजना बनाएको छ ।

कम्पनीका अध्यक्ष मुकेश अम्बानीले यसअघि रिलायन्स इन्डस्ट्रीजको वार्षिक साधारण सभामा कम्पनीले आफ्नै ५ जी सुरुबाटै विकसित गरेको बताएका थिए । । कम्पनीले विश्वव्यापी ५जी सेवा भारतमा सुरू गर्ने योजना बनाएको छ ।

यसको लागि कम्पनीले भारतीय नियामक निकाय दूरसञ्चार विभागमा ५जी परीक्षणको लागि आवेदन दिएको छ । कम्पनीले ५जी फ्रिक्वेन्सी माग गर्दै निवेदन दिएको बताईएको छ ।

जियोले ५जीको लागि माइक्रोवेभ ब्याण्ड २६ र २४ गीगाहर्जमा ८०० मेगाहर्ज तथा केहि मेट्रो शहरहरुका लागि फिल्ड परीक्षण गर्नका लागि ३.५ गीगाहर्ज ब्याण्डमा १०० मेगाहर्जको फ्रिक्वेन्सी खोजिरहेको छ ।

अम्बानीले सो साधारण सभामा ५जीको लागि कस्तो कम्पोनेन्टहरु प्रयोग गरिएको भन्ने उल्लेख गरेका छैनन तर सो ५जी छिटै परीक्षण र प्रयोग गर्न सकिने बताएका थिए । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

Loading...