शिक्षा मन्त्रालयले भन्यो- अहिले अनलाइन कक्षा बन्द नगर्नु, निरन्तरता दिनु

Technology Khabar ५ श्रावण २०७७, सोमबार

शिक्षा मन्त्रालयले भन्यो- अहिले अनलाइन कक्षा बन्द नगर्नु, निरन्तरता दिनु

काठमाडौं ।

हालै निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै शिक्षा मन्त्रालयले त्यस्तो कक्षा बन्द नगर्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन आग्रह गरेको हो।

यसअघि निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन कक्षा बन्द गर्ने र शिक्षकहरुलाई बिदा दिने निर्णय गरेको थियो ।

सोहि विषयलाई ध्यानमा राख्दै मन्त्रालयले वर्तमान विषम परिस्थितिमा अनलाइन कक्षाहरु बन्द नगर्न भनेको हो।

दुबै संस्थाहरुले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन् भने शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।

सो विज्ञप्तिमा मन्त्रालयले हालै सार्वजनिक भएको मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको पनि स्मरण गराएका छन्।

‘निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालय सबै सरोकारवालासँग परामर्श गरि प्राप्त राय सुझाबका आधारमा ति समस्याहरुको ठोस निरुपणका लागि प्रयत्नशिल रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत जेठ १८ गते जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको बुँदा नम्बर १८ ‘झ’ मा
‘वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न विद्यालयले व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने भन्ने व्यवस्था रहेको छ।

Global Bank
easy care

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

ताजा समाचार