Technology Khabar ५ श्रावण २०७७, सोमबार
काठमाडौं ।
एप्पलको बजेट आईफोन भनेर चिनिएको आईफोन एसई नेपाली बजारमा उपलब्ध भएको छ । नेपालमा एप्पलका उत्पादनहरुको आधिकारीक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्युनिकेसन्स प्रालिले बजारमा आईफोन एसई उपब्लध भएको जानकारी दिएको छ ।
कम्पनीले बजारमा कालो, सेतो र रातो कलर अप्सनमा आईफोन एसई किन्न सकिने जानकारी दिएको हो ।
कम्पनीकाअनुसार नेपाली बजारमा आईफोन एसईको ६४जीबी १२८जीबी र २५६ जीबी भेरिएन्ट उपलब्ध रहेको छ । जसको बजार मूल्य क्रमश: ७० हजार रुपैयाँ, ७९ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँ रहेको छ ।
आईफोन एसई २०२० पनि भनिने यो बजेट आईफोनलाई अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा कम्पनीले जनवरीमा लन्च गरेको थियो ।
यो सन् २०१५ मा लन्च भएको आईफोन एसईको अपग्रेड भर्सन हो जसमा आईफोन ११ सिरिजमा प्रयोग भएका हार्डवेयर र सफ्टवेयरहरु राखिएको छ । पछिल्लो अपग्रेडमा यसको डिस्प्ले, क्यामरा, फिंगरप्रिन्ट स्क्यानरमा सुधार गरिएको छ ।
यो नेपालभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अबैध आयात भएको आईफोन खरिदबाट बच्न र आधिकारीक आईफोन खरिद गर्न आईफोनको आईएमईआई नम्बर भेरिफाई गरेर मात्र किन्नका लागि अनुरोध गरेको छ ।
प्रकाशित: ५ श्रावण २०७७, सोमबार