दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा बिक्री ४८ प्रतिशत घट्यो, शाओमी अझै नम्बर १ स्थानमा

Technology Khabar ५ श्रावण २०७७, सोमबार

दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा बिक्री ४८ प्रतिशत घट्यो, शाओमी अझै नम्बर १ स्थानमा

कोरोना महामारी र लकडाउनका कारण, विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा स्मार्टफोन बिक्रीमा ठूलो प्रभाव आएको छ। राष्ट्रव्यापी लकडाउनले स्मार्टफोन बजार लगभग आधा घटेको छ।

यसको बावजुद चिनियाँ ब्रान्डहरु भिभो र शाओमी बजार शेयरको आधारमा शीर्ष स्थानमा रहेका छन्।

बजार विश्लेषक अनुसन्धान फर्म क्यानालिसले सार्वजनिक गरेको रिपोर्टअनुसार स्मार्टफोन शिपमेन्ट आर्थिक वर्ष २०२० को दोस्रो त्रैमासमा ४८ प्रतिशतले घटेर १ करोड७३ लाख युनिटमा पुगेको छ।

पहिलो त्रैमासिक अवधिमा १२ प्रतिशतको वृद्धि देखिएको थियो । तर आर्थिक वर्ष २०२० को दोस्रो त्रैमासमा स्मार्टफोनको आपूर्ति घटेको छ ।

पहिलो त्रैमासमा भने १२ प्रतिशतले वृद्धि भई ३ करोड ३५ लाख युनिट पुगेको थियो। यसअघि नै अनुसन्धान संस्थाले दोस्रो क्वाटरमा लकडाउन को कारण आपूर्तिमा कमी आउनसक्ने प्रक्षेपण गरेको थियो ।

रिपोर्टका अनुसार स्मार्टफोन कम्पनी र विक्रेताहरूले लकडाउनको क्रममा धेरै समस्याहरूको सामना गर्नु परेको छ। यस्तो अवस्थामा जहाँ एकातिर उत्पादन घट्यो, अर्कोतर्फ, अनलाइन र अफलाईन खुद्रा विक्रेताहरूले पनि फोन बेच्न अस्वीकार गरेका थिए।

स्मार्टफोन बजारको हिस्सा घटेर करिब आधामा झरेपनि चिनियाँ ब्रान्ड शाओमी शीर्ष स्थानमा नै छ। शाओमीको प्याकिंग अर्डर धेरै परिवर्तन भएको छैन। यसको बजार सेयर ३०.९ प्रतिशत रहेको छ।

दोस्रो क्वाटरमा, रियलमीको शेयर १.७ प्रतिशतमा खस्किएर चौथो स्थानमा पुगेको छ। ओप्पो तेस्रो स्थानमा रियलमीको ठाउँमा आएको छ।

शाओमीको शिपमेन्ट दोस्रो क्वाटरमा ५५ लाख यूनिट भएको छ। एजेन्सीका साथ

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

Comments are closed.

Loading...