एउटा संस्थाको एटिएम कार्ड अर्को संस्थाको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने

Technology Khabar ४ श्रावण २०७७, आईतवार

एउटा संस्थाको एटिएम कार्ड अर्को संस्थाको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने
सांकेतिक

अब एउटा संस्थाको एटिएम कार्ड अर्को संस्थाको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था भएको छ ।

हालै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यस्तो शुल्क नलाग्ने व्यवस्था मिलाउने घोषणा गरेसँगै हालै बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बैंक एटीएम कारोबार नि:शुल्क गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरेको थियो ।

कोरोनाभाइरसका कारण लकडाउन शुरु भएको चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंकहरुले हालै साउन १ गतेदेखि अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लिने निर्णय गरेका थिए।

बैंक तथा वित्तीय संस्थाहरुको यो निर्णय कार्यान्वयनमा नआउँदै राष्ट्र बैंकले फेरी शुल्क नलिन नयाँ निर्देशन दिएको हो।

प्रकाशित: ४ श्रावण २०७७, आईतवार

Comments are closed.

Loading...