प्रतिबन्धका बाबजुद बेलायतमा ह्वावेले ३ नयाँ स्टोरहरु खोल्दै, एक करोड पाउण्ड खर्च गर्ने

Technology Khabar ४ श्रावण २०७७, आईतवार

प्रतिबन्धका बाबजुद बेलायतमा ह्वावेले ३ नयाँ स्टोरहरु खोल्दै, एक करोड पाउण्ड खर्च गर्ने

बेलायत सरकारले हालसालै ह्वावे टेक्नोलोजीको ५ जी उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ। यद्यपि यो यस्तो देखिन्छ कि यसले ह्वावेलाई बेलायतमा व्यापार गर्न भने रोकिरहेको छैन।

हालसालै कम्पनीले बेलायतमा तीन नयाँ एक्सपेरियन्स स्टोर खोल्ने योजनाको घोषणा गरेको छ। नयाँ रिपोर्टअनुसार ह्वावेले लन्डन र म्यानचेस्टरमा तीन स्टोर खोल्न करिब १ करोड पाउण्ड खर्च गर्ने योजना गर्यो। यसले बेलायतको हाई स्ट्रीटमा निजी लेबल पसलहरूको पहिलो ब्याच पनि खोल्नेछ।

ह्वावेले नयाँ स्टोरबाट त्यसले यस क्षेत्रमा १०० भन्दा बढी रोजगारी सिर्जना गर्ने बताएको छ ।

ह्वावेको योजना अनुसार, पहिलो स्टोर अक्टूबर २०२० मा लन्डनको ओलम्पिक पार्क र स्ट्र्याटफोर्डमा खुल्नेछ।

यो म्यानचेस्टरमा डेडिकेटेड रिटेल स्पेस र सेवा केन्द्रको उद्घाटनपछि हुनेछ। तालिकाअनुसार यो रिटेल स्पेस र सेवा केन्द्र फेब्रुअरी २०२१ मा खुल्नेछ।

यसबाहेक, लन्डनमा कम्पनीको अर्को एक्सपेरियन्स स्टोर खुल्नेछ, र यो तालिकाअनुसार सन् २०२२ मा खोलिनेछ।

यसअघि नै कम्पनीले यस वर्ष जूनमा लण्डनको वेम्बलीमा एउटा सेवा केन्द्र संचालन गरिरहेको छ।

नयाँ “ह्वावे एक्सपेरिएन्स स्टोर” को उद्देश्य उपभोक्ताहरुलाई कम्पनीका स्मार्टफोन, ल्यापटप, ट्याबलेट, हेडफोन, स्मार्टवाचहरु, फिटनेस ब्रेसलेट, स्पिकर इत्यादि ह्वावे उत्पादनहरुको बारेमा अन्तरक्रिया गराउनु हो। यसले बेलायमा ह्वावेको प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ । एजेन्सीका साथ

प्रकाशित: ४ श्रावण २०७७, आईतवार

Comments are closed.

Loading...