Technology Khabar ३ श्रावण २०७७, शनिबार
सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ।
बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले ‘उतार चढाब आईरहन्छ, सुजुकि को साथ रहिरहन्छ’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ।
ग्राहकलाई १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले अगाडि सारेको स्किम यहि साउन १ गतेदेखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ।
एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले बताएको छ।
सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन।
१ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित: ३ श्रावण २०७७, शनिबार