Technology Khabar ३ श्रावण २०७७, शनिबार
दक्षिण कोरियाली कम्पनी सामसङले सिक्स जी इन्टरनेटको विकासमा बारेमा आफूले गरिरहेको काम बारेमा स्वेत पत्र जारी गरेको छ। सो स्वेत पत्रले सामसङको ६जी बारेको दृष्टिकोणलाई स्पष्ट पार्नेछ ।
सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको विकास सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने अपेक्षा सामसङको रहेको छ । सन् २०३० सम्ममा विश्वभर आमरुपमा सिक्स जी इन्टरनेट प्रयोग हुनेछ ।
सामसङले सन् २०१९ को मे महिनामा एडभान्स्ड कम्युनिकेसन्स रिसर्च सेन्टरको स्थापना गरी सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरेको थियो ।
सो रिसर्च सेन्टरले सिक्स जी इन्टरनेटको भविष्यका विषयमा जानकारी दिँदै ६जीले नविनतम एप्लिकेसनहरु प्रयोग गर्न सहज हुने बताईएको छ। जसमा एक्सटेन्डेड रियालिटीलगायत हुनेछ ।
सामसङका अनुसार सन् २०३० सम्ममा विश्वका ५ खर्ब डिभाइसमा सिक्स जी इन्टरनेट जोडिएको हुनेछ । त्यसबेलासम्ममा मोबाइल फोनहरु विभिन्न स्वरुप तथा प्रविधिका साथमा उपलब्ध हुनेछन् जसमा अग्मेन्टेड रियालिटी ग्लास, भर्चुअल रियालिटी हेडसेड तथा होलोग्राम लगायत रहनेछन् ।
सिक्स जी कनेक्टिभिटीको पिक डाटा रेट १ हजार गिगाबिट प्रतिसेकेण्ड हुने अपेक्षा गरिएको छ । यो स्पिड फाइभ जी को भन्दा ५० गुणा धेरै हो । फाइभ जी को पिक डाटा स्पिड २० गिगाबिट प्रति सेकेण्ड रहेको छ।
त्यसैगरि लेटेन्सी रेट समेत ५जीको भन्दा ९० प्रतिशत घटाउने अपेक्षा गरिएको छ ।
सिक्स जीको प्रयोगसँगै वायरलेस कम्युनिकेसन प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुने अपेक्षा गरिएको भने नेटवर्क कभरेज विस्तार गर्नका लागि सिक्स जी नेटवर्कमा टेराहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ । एजेन्सी
प्रकाशित: ३ श्रावण २०७७, शनिबार