सूर्य नेपालद्वारा कोभिड बिरुद्ध लड्न ७ करोड रुपैयाँ सहयोग

Technology Khabar ३ श्रावण २०७७, शनिबार

सूर्य नेपालद्वारा कोभिड बिरुद्ध लड्न ७ करोड रुपैयाँ सहयोग

काठमाडौं ।

नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन नेपालका सातवटै प्रदेशलाई रु. १ करोडको दरले कूल रु.७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले जनाएअनुसार, सूर्य नेपाल प्रा.लि. का भाइस प्रेसिडेण्ट– कर्पोरेट रवि केसीले रु.१ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक समारोह बिच चेक हस्तान्तरण गरे ।

यसै गरी सूर्य नेपालका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरे ।

साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका सम्माननीय मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ः प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ः कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर, बागमती प्रदेशः बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष, हेटौंडा, गण्डकी प्रदेशः कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली प्रदेशः प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु.१ करोड सहयोग बापत प्रदान गरिनेछ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।

सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव तत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमा सहयोग प्रदान गरेको थियो ।

आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३ श्रावण २०७७, शनिबार