भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियामा १ करोड ८६ लाख रुपैयाँ जरिवाना

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियामा १ करोड ८६ लाख रुपैयाँ जरिवाना

काठमाडौं ।

दक्षिण कोरियाले भिडियो शेयरिङ एप टिककटमाथि बालबालिकाहरुको डाटा संग्रह गरेको आरोपमा हालै जरिवाना गरेको छ ।

कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख कोरियाली वन अर्थात करिब १ करोड ८६ लाख रुपैयाँ जरिवाना गरेको हो ।

दक्षिण कोरियाको सो जरिवाना टिकटकले त्यहाँ गर्ने वार्षिक आम्दानीको करिब ३ प्रतिशत हो।

नियामकहरुले टिकटक प्रयोगकर्ताका डाटाहरु अनधिकृत ढंगले प्रयोग गरिएको र त्यस्तो डाटा दुरुपयोगबाट पीडित हुनेहरुमा बालबालिकाहरु समेत रहेको गत वर्ष शुरु भएको अनुसन्धानका क्रममा पत्ता लगाएका थिए ।

नियामकहरुले स्थानिय कानूनको उलंघन गर्दै टिकटकले ६ हजार भन्दा बढी रेकर्डहरु संकलन गरेको थियो जसमा बालबालिकाहरुसमेत थिए ।

टिकटकको त्यस्तो गतिविधिले प्रयोगकर्तालाई उनीहरुका व्यक्तिगत डाटाहरु विदेशमा समेत पठाइन्छ भन्ने कुरा टिकटकले जानकारी नगराएको नियामकले भनेको छ ।

अर्को तर्फ टिकटकले भने कानून अनुसारका दायित्वहरु पालना गर्न आफु गंभिररुपमा प्रतिबद्ध रहेको जनाएको छ ।

‘हामीहरुले डाटा प्राइभेसीको मामिलामा निकै उच्चकोटीको मापदण्ड पालन गरिरहेका छौँ र हाम्रो मापदण्डलाई अझै ससक्त बनाउनका लागि निरन्तर सुधारको कार्य गर्दछौँ ,’ टिकटकका प्रवक्ताले भने ।

विश्वमा सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको मुलुक भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

त्यसैगरि अमेरिकाले समेत चिनियाँ सोशल मिडिया एप टिकटकमा प्रतिबन्ध लगाउने बारे हेरिरहेको उल्लेख गरेको छ ।

गत फेब्रुअरीमा हाल टिकटकको अधिनमा रहेको एप म्युजिकलीमाथि अमेरिकामा ५७ लाख डलर जरिवाना भएको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार