Technology Khabar २ श्रावण २०७७, शुक्रबार
अब कुनैपनि बैंकको एटिएम अर्को बैंकमा कारोबार गर्दा थप शुल्क नलाग्नेभएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाईने घोषणा गरेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै निर्णय गरेर एक बैंक तथा वित्तीय संस्थाको एटिम अर्को बैंक तथा वित्तीय संस्थामा कारोबार गरेमा साउन १ गतेदेखि शुल्क लिन पाईने निर्णय गरेका थिए ।
तर सो निर्णयलाई मौद्रिक नीतिले उल्याईदिएको हो ।
नीतिले कोभिड १९ को असर रहेसम्मको लागि एक संस्थाको एटिएम कार्ड अर्को संस्थाको एटिएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने उल्लेख गरेको हो ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार